Close This

डिभिजन वन कार्यालय सर्लाहीमा नयाँ प्रमुखको रुपमा झा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   २२१० पटक हेरिएको

डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख डिभिजन वन अधिकृत परिवर्तन भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख डिभिजन वन अधिकृत सन्तोष कुमार झा आउनु भएको छ । 
यस अधिका डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख डिभिजन वन अधिकृत माधव प्रसाद देवको ५८ वर्षे उमेर हदबन्दीका कारण अवकाश पाउने चर्चा चालेको थियो । सोही मौका पारी सप्तरीमा रहेका डिभिजन वन प्रमुख झालाई सर्लाही पठाइएको हो । डिभिजन वन कार्यालय सर्लाहीमा नयाँ डिभिजन वन प्रमुख झाले पदभार ग्रहण गरिसक्नु भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
यसैबीच यसअघिका डिभिजन वन प्रमुख देवले प्रदेश सरकारको निजामती ऐनले ६० वर्षपछि मात्रै अवकाश हुने व्यवस्था गरेकाले आफूलाई पुनः बहाली गर्न आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । स्रोतका अनुसार डिभिजन वन अधिकृत देवको पनि पद वहाली भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech