सर्लाहीकाे क्षेत्र नम्बर २ प्रदेश सभा(१) मा नेपाली कांग्रेसका जंगीलाल रापले प्रदेश सभा सदस्यमा विजयी प्राप्त गरेका छन् ।उनी नेकपा(माओवादी केन्द्र) का उम्मेद्वार सुनिल साहलाई करिब १ हजार मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सर्लाहीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार रायले ८ हजार २ सय ९० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ७ हजार २सय १४ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायले १ हजार ७६ मतान्तरले साहलाई पराजित गरेका हुन । जनमत पार्टीका उम्मेदवार भरत चाैधरीले ६ हजार ६ सय ४३ मत ल्याएका छन् ।
अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (२) र प्रतिनिधि सभा २ र ३ काे मतपरिणाम सार्वजनिक हुन बाकी रहेकाे जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।