Close This

राधाकृष्ण मन्दीरको धर्मशालाको सिलान्यास 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२८ गते   ९५३ पटक हेरिएको

लालबन्दीको (डुमडुमे मन्दीर)राधाकृष्ण मन्दीरको धर्मशालाको सिलान्यास कार्यक्रमको फोटो मनोज बख्रेल

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको राधाकृष्ण मन्दीरमा धर्मशाला बन्ने भएको छ । करिब सवा करोडको लागतमा अढाई तल बन्ने धर्मशालाका लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले सिलान्यास गर्नु भएको हो। नगरपालिकाको १० लाख,मन्दीरको मौज्दात २५ लाख र अरु रकम स्थानिय चन्दादाताहरुसंग संकलन गरेर मर्धशाला निर्माण गरिने राधाकृष्ण मन्दीरमा धर्मशाला निर्माण समितिले जनाएको छ ।करिब १ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिने समितिले जनाएको छ ।


राधाकृष्ण मन्दीरमा धर्मशाला निर्माण समितिका अध्यक्ष देवीबन्दु थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख खड्काले प्रमुख आतिथ्यता जनाउनु भएको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष सोम प्रसाद बराल,वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारी,वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने,खानेपानी परियोजनाका अध्यक्ष बासुदेव अधिकारी,धार्मीक अभियान्ता पुस्कर घिमिरे लगायत स्थानिय भद्र भलादमीहरु तथा भक्तजनहरुको सहभागीता रहेको राधा कृष्ण मन्दीर व्यावस्थापन समितिका सदस्य महेन्द्र महत्तोले जानकारी दिनु भयो ।
आफ्नै जमिनमा बन्ने भवनका लागि नगरपालिकाले के सहयोग गर्नु पर्छ त्यो विषयमा आफु सधैँ  तयार रहेको नगर प्रमुख खड्काले बताउनु भयो। साथैसामाजिक गतिविधीहरुमा सहभागी हुदैँ ईतिहास कायम राख्ने काममा लाग्न नर प्रमुख खड्काले व्यावस्थापन समिति समक्ष आग्रह गर्नु भयो। कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपानेले अन्यन्त्रको विकास निर्माणको जस्तो मठ मन्दीरको विकास निर्माणमा अवरोध सृजना नगरी सहज तरकिाबाटकाम गर्न आग्रह गर्नुभयो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech