सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा जंगली हात्तीले करिब एक बिघा क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरेको छ । आईतबार तीनवटा जंगली हात्ती अचानक देखा परेका स्थानीयवासीले बताएका छन् ।
हात्तीले स्थानीय मनिराम नेपाली, मानबहादुर विक, रेखा थापा र रुद्रबहादुर पुलामीको करिव एक बिघामा लगाएको मकै बाली खाने र फाल्ने गरेर नष्ट गरेको हो । हात्तीले त्यहाँको किराँत मन्दिरको पर्खाल समेत भत्काएको छ भने बिजुलीको तार र पोलमा पनि क्षेती पुर्याएको स्थानियले बताएका छन् ।
केही दिन अघि सोही हात्तीको आक्रमणमा परि ईश्वरपुर नगरपालिका नगरपालिका १३ मा एक जनाको ज्यान गएको थियोे । भने परवानीपुर तथा पत्थरकोट क्षेत्रमा भौतिक षेती पुर्याएको थियो ।