मधेश प्रदेशमा एक दिने अन्तर प्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स गण्डकी प्रदेशले अन्तर प्रदेशमा पर्यटनहरुको प्रवद्र्धन कसरी गर्न सकिन्छ?पर्यटन प्रवद्र्धन गर्न सम्भावनाहरु केके छन ? सम्बन्धीत प्रदेश सरकारको भूमिका के हुन्छ ?भन्ने विषयमा सुरु गरेको सप्ताहव्यापी भ्रमणको क्रममा कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन सहित धार्मिक तथा ऐतिहासिक गन्तव्यहरुको प्रचार प्रसार र पहिचान स्थापित गराउने र मधेस र गण्डकी प्रदेशको पर्यटकीय गतिबिधिहरु आदान प्रदान गर्न र सम्पर्क स्थापित गर्न भन्दै मधेश प्रदेशमा एक दिने अन्तर प्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम गरिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स मधेस प्रदेशका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका सभापति मोहन शर्मा लामिछाने जानकारी दिए ।
उनका अनुसार अन्तरक्रिया कार्यक्रममा“घुमौंं मधेस बुझौं प्रदेश” भन्ने मुल नारालाई नेपाल र छिमेकी देभ भारतमा समेत स्थापित गर्ने साथै जनकपुर र सिमराबाट पोखरा उडानले निरन्तरता पाउनुपर्ने र हवाई सम्बन्धलाई जोड दिने लगायतको विषयमा छलफल भएको हो ।नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको एक दिने अन्तर प्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियांको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव शुशिल कुमार साह, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स गण्डकी प्रदेशकमा प्रथम उपाध्यक्ष सङ्गिता पौडेल,महासचिव चेतन कार्की,बिजय झुन्झुनवाला, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स मधेश प्रदेशका पदाधिकारीहरुका साथै सदस्यहरु,पर्यटन परिषद् पोखराका निवर्तमान अध्यक्ष एवम नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स गण्डकीका पुर्व अध्यक्ष,टुर गाईड एशोसिएसनका पदाधिकारिहरुका साथै सामाजसेवीहरु होटल तथा पर्यटन व्यवसायीहरुको विशेष उपस्थिति रहेको थियो ।