Close This

प्रदेशकै सुविधा सम्पन्न टुर एण्ड ट्राभल अब बागमतीमै 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१ गते   ३६१७ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ मा अन्र्तराष्ट्रि स्तरको सुविधा सम्पन्न टुर एण्ड ट्राभलको बिहीबार उद्धघाटन गरिएको छ । प्रदेश नम्बर २ कै पहिलो र एकमात्र अन्र्तराष्ट्रि स्तरको सुविधा सम्पन्न टुर एण्ड ट्राभलको बिहीबार बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले उद्धघाटन गर्नु भएको हो । 
अन्र्तराष्ट्रि तथा राष्ट्रिय हवाई टिकट, अन्र्तराष्ट्रि तथा राष्ट्रिय टुर,होटल बुकिङ्ग,इसेवा आइएमइ पे, मोवाईल बैँकिङ्ग, बिजुलीको विल भुक्तानी र साना तथा ठुला सवारी साधनहरु भाडामा समेत उपलब्ध गराउने उद्धेश्यका साथ दिप भगवती टुर एण्ड ट्राभल बागमती नगरपालिका ११ बागमतीमा स्थापना भएको छ ।
लामो समय सम्म विदेशी भुमिमा परिश्रम गरेका स्थानिय युवा सागर मैनालीले आफ्नै देशमा केहीगर्न सकिन्छ भन्ने देखाउन एकल लगानीमा दिप भगवती टुर एण्ड ट्राभल स्थापना गर्नु भएको हो ।
उद्धघाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले,जिल्ला सचिव कमल बुढाथोकि,बागमती नगरपालिकाका नगर उप प्रमुख लिला कुमारी मोक्तान,वडा नम्बर ११ का वडा अध्यक्ष प्रदिप आचार्य,१२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठ,वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बहादुर लामा लगायत जिल्लाका होटल तथा यातायात व्यावसायीहरुको विशेष उपस्थिती रहेको कम्पनीका संचालक मैनालीले जानकारी दिनु भयो ।
अन्र्तराष्ट्रि तथा राष्ट्रिय हवाई टिकट, अन्र्तराष्ट्रि तथा राष्ट्रिय टुर,होटल बुकिङ्ग,इसेवा आइएमइ पे, मोवाईल बैँकिङ्ग, बिजुलीको विल भुक्तानी र साना तथा ठुला सवारी साधनहरु भाडाका लागि अन्यन्त्र जानु पर्ने बाध्यता रहेका कारण सो बाध्यतालाई ध्यानमा राखि आफ्नै गाउँबाट यस्ता सेवाहरु सुचारु गरिएको संचालक मैनालीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech