नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशले आर्थिक वर्ष २०७९/०८० मा रु २६ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
मधेश प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशले आर्थिक वर्ष २०७९/०८० मा रु २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजस्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार आर्थिक बर्ष २०७८/०७९ भन्दा आर्थिक बर्ष २०७९/०८० मा रु चार करोड ४२ लाख ५६ हजार बढी राजश्व संकलन भएको हो । मधेश प्रदेशका आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड ८० लाख ४३ हजार र सबैभन्दा कम जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले रु दुई करोड ४६ लाख ७० हजार पाँच सय राजस्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले रु तिन करोड दुई लाख २३ हजार पाँच सय र बारामा नै रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशले रु दुई करोड ७६ लाख ८८ हजार गरी जम्मा रु पाँच करोड ७९ लाख ११ हजार पाँच सय राजश्व संकलन गरेको हो ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले रु तिन करोड ४२ लाख ६५ हजार , रौतहटले रु तिन करोड एक लाख चार हजार,महोतरीले रु तिन करोड २३ लाख ६८ हजार पाँच सय,धनुषाले रु दुई करोड ५९ लाख ६७ हजार पाँच सय र सप्तरीले रु दुई करोड ५३ लाख ५६ हजार पाँच सय राजश्व संकलन गरेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै मधेश प्रदेशको आठ जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा पाँच हजार नौ सय ८८ वटा सवारी दुर्घटना भएका छन् । भने आठ हजार तीन सय ७६ वटा सवारी साधनहरु दुर्घटनामा संग्लग्न रहेका कार्यालयले जनाएको छ । त्यस्तै सवारी दुर्घटनामा पाँच सय ५६ जनाको मृत्यु भएको छ भने नौ हजार छ सय ७० जना घाईते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशले प्रदेशका आठै जिल्लाहरुमा विभिन्न समयमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुको साथै ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा मधेश प्रदेशका आठ जिल्लामा छ हजार दुई सय ७५ वटा जनचेतनामुलक कार्यक्रम संचालन गरी पाँच लाख २३ हजार पाँच सय ९१ सवारी चालकहरु,यात्रु र विद्यार्थीहरुलाई सचेत गराइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशका समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी सहायक निरिक्षक(असई) दिपक बस्नेतले जानकारी दिए ।