सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर नजिकैबाट लागू औषध नाईट्राभेट सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर नजिकै बिआर ३० विएफ ६२४५ नम्बरको भारतिय मोटरसाईकल सहित तीन सय ९० पिस लागू औषध नाईट्राभेट दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिआर ३० विएफ ६२४५ नम्बरको भारतिय मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा ३९ पत्ता अर्थात तीन सय ९० ट्याब्लेट लागू औषध नाईट्राभेट सहित सर्लाही पर्सा गाउँपालिका २ संग्रमपुरका अन्दाजी वर्ष २१ का रोशन मण्डल र सोही ठाउँका अन्दाजी वर्ष २० का रवि मण्डललाई नियन्त्रणमा लिईएको हो ।
नेपाल भारत खुल्ला सिमानाका कारण भारतिय लागु औषध पछिल्लो समय नेपाली बजारमा सहजै भित्रने गरेको पाइएको छ।खुल्ला सिमानाको फाईदा उठाउँदै लागु औषध प्रयोगकर्ता एवम लागुऔषध कारोबारीहरुले सहजै रुपमा नेपाली बजारमा लागु औषध भित्र्याउने गरिएको पाइएको हो ।