गणेश खड्का
सर्लाहीको लालबन्दी नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । लालबन्दी नगरपालिकाको नगर कार्यपालिका बैठकले नगर प्रहरी भर्नाका लागि नगर प्रहरी व्यवस्थापन कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।उनका अनुसार नगरपालिकाले सूचना जारी गरेर नगर प्रहरी भर्नाको प्रक्रिया अघि बढाउने छ ।
नगर प्रहरीमा ३३ प्रतिशत महिला समेत रहने गरी द्ध जना नगर प्रहरी भर्ना गर्ने गरि नगर प्रहरी व्यवस्थापन कार्यविधि पारित गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।उनका अनुसार एक जना सहायक निरीक्षक (असई) र अन्य पाँच जना जवान रहने गरीनगर प्रहरी भर्ना गरिने छ ।
नगरले गर्ने विभिन्न प्रकारका निर्णय कार्यान्वयनका लागि नगरको आफ्नै सुरक्षा बलको आवश्यकता ठानेर नगर प्रहरी भर्ना गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाका प्रवक्ता एवम लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापाले बताए ।
जिल्लाको हरिवन र बरहथवा नगरपालिकाका साथै कौडेना गाउँपालिकाले नगर तथा गाउँ प्रहरी भर्ना गरिसकेको छ । लालबन्दी नगरपालिकामा भने नगर प्रहरी व्यवस्थापन कार्यविधि निर्माण नभएका कारण नगर प्रहरी भर्ना हुन सकेको थिएन् ।