Close This

हरिपूर्वा न.पा. १ बाट चाँदीको गरगहनासहित दुई जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-८ गते   ३२ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका १ बाट चाँदीको गरगहनासहित दुई जना पक्राउ परेका छन् । भारतबाट अवैधरुपमा भित्र्याइएको चाँदीका रु १ लाख २ सय १५ रुपैँया बराबरको तयारी गरगहनासहित हरिपूर्वा नगरपालिका ५, का २७ वर्षीय रोशन प्रसाद अधिकारी र वर्ष २७ कै कौशल प्रसाद यादव पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
उनीहरुलाई सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने सङ्ग्रामपुरतर्फबाट बीआर ३० जे ७१६५ नम्वरको मोटरसाइकलमा आउँदै गर्दा अवैध चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech