लालबन्दी सिटि जेसिजको पहिलो सप्ताह ब्यापी कार्यक्रमको दोस्रो दिन बिहिबार शैक्षिक वितरण तथा माक्स हस्तान्तरण गरिएको छ ।
लालबन्दी सिटि जेसिजका संस्थापक कार्यकारीणी उपाध्यक्ष श्याम कुमार खड्काको संयोजकत्व मा लालबन्दी नगरपालिका १६ परवानीपुरमा रहेको जनज्योति आधारभूत विद्यालयमा झोला सहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रम संयोजक राजकुमार सिंहको संयोजकत्वमा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई एक हजार थान माक्स हस्तान्तरण गरिएको छ । सप्ताहको दोस्रो दिन बिहिबार दुइ अलग अलग कार्यक्रम सम्पन्न भएका लालबन्दी सिटि जेसिजले जनाएको छ । पहिलो शैक्षिक सामाग्री हस्तान्तरण कार्यकममा लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर सुनुवार, लालबन्दी सिटि जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरे, कार्यकारिणी उपा अध्यक्ष मनोज बख्रेल, महासचिव सरोज न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
सप्ताह व्यापी कार्यक्रम अन्र्तगत असोज ३० गते शुक्रबार बुद्धा आश्रममा खाद्यान्न हस्तान्तरण र वृक्षारोपण, कार्तिक १ गते शनिबार मैत्रिपुर्ण फुटवल र शुभकामना आदान प्रदान सहित साताव्यापी कार्यक्रम समापन हुने कार्यकारिणी उपा अध्यक्ष मनोज बख्रेलले जानकारी दिनुभयो ।