Close This

सर्लाही ट्राफिकको भदौमा करिब साँडे १८ लाख राजस्व

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-५ गते   १८७ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९÷०८० को भदौ महिनामा करिब साँढे १८ लाख राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९÷०८० को भदौमा रु १८ लाख ४९ हजार राजश्व संकलन गरेको हो ।
भदौमा ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका ट्रक ७ सय १७, बस १ सय १८,कार,जिप,भ्यान ७ सय ५,ट्याक्टर १ सय ११, मोटरसाईकल ६ सय ३ र अन्य(टेम्पो) ९६ वटा गरी कुल २ हजार ३ सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १८ लाख ४९ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम लोकमार्गका साथै जिल्लाका अन्य सहायक सडक मार्गहरुमा ट्राफिक नीयम विपरित सञ्चालीत सवारी साधनहरुलाई कार्बाही गरि रु १८ लाख ४९ हजार राजस्व सङ्कलन भएको हो । 
भदौमा ९१ वटा सवारी दुर्घटना भएका छन भने ७५ वटा सवारी साधनहरु संग्लग्न रहेका छन् । जसमा ट्रक २ वटा,बस १,जिप,कार ४,मोटरसाईकल ६२ र अन्य २ समेत गरी ७५ वटा सवारी साधनहरु दुर्घटनामा संग्लग्न भएका ट्राफिक प्रहरीले जनाएको छ । जसमा ३ जनाको ज्यान गएको छ भने ६८ जना गंभिर तथा २३ जना सामान्य घाईते भएका छन् ।  
त्यस्तै भदौमा तिब्रगतिका कारण १ सय ५३ ,मापसे ७,क्षमता भन्दा बढी लोड भएका ५ सय ५६,सिट बेल्ड,हेलमेट नलगाएको १ सय ९३,कागज पत्रसाथमा नभएको ४ सय ६२,सवारी चालक अनुमती पत्र नभएको १ सय ६०,सवारी साधनको वत्तीको अवस्था ठिक नभएको १ सय ८०,प्रयोजन विपरित लगेज लोड भएको २ सय ५७,सिट क्षमता भन्दा बढी यात्रु भएको १ सय ४ र अन्य २ सय ७८ गरि  कुल २ हजार ३ सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १८ लाख ४९ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीले बताए ।
बढ्दो सवारी साधनको चाप,साँघुरो सडक,चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपाया र पैदल यात्रुहरुमा ट्राफिक सचेतना सम्बन्धी ज्ञानको कमीका कारण सवारी दुर्घटना भएको पाइएकोे ट्राफिक प्रहरीले जनाएको छ ।
यता, भदौ लागेदेखि नै साउन महिनाको दुर्घटनाको तथ्यांकलाई मुल्यांकन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सडक मै ट्राफिक शिक्षा अभियान समेत सुरु गरेको थियो । जसका कारण पनि सवारी कार्बाही संख्या घटेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech