आवश्यकताकाे आधारमा चुनावी गठबन्धन हुन्छ : अध्यक्ष बुढाथोकी

3.9k Shares

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशले आवश्यकता अनुसार सत्ता गठबन्धन दलसँग तालमेल गर्ने भएको छ। आवश्यकता र औचित्यको आधारमा गठबन्धन भित्रका दलसँग तालमेल गर्ने सर्कुलर केन्द्रले पठाएको माओवादी केन्द्रका मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार पार्टी केन्द्रकाे सर्कुलर अनुसार पहिलो प्राथमिकता क्रममा नेकपा (एकीकृत समाजवादी) दोस्रोमा जनता समाजवादी पार्टी (जसपा) र तेस्रोमा नेपाली कांग्रेससंग गठबन्धन हुने छ।  
स्थानिय निकायकाे निर्वाचन वडास्तरसम्म सम्भावना अनुसार आवश्यकता र औचित्यको आधारमा दलहरूसँग चुनावी तालमेल गर्न सकिने तर, सबै स्थानीय तहमा चुनावी तालमेल नहुन पनि सक्ने अध्यक्ष बुढाथोकीले संकेत गर्नु भयाे ।
गत चैत २० गते जनकपुरधाममा बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलको विषयमा छलफल गरि सकेकाे बताउदै बैठकबाट सबै दलले चैत २२ गतेसम्म सबै पालिकाको दलहरूको स्थितिबारे तथ्यांकसहितको प्रतिवेदन केन्द्रमा पठाउने निर्णय समेत गरेका थियो। चुनावी तालमेलको विषयमा गठबन्धन सकारात्मक रहेको छ । 
जिल्ला जिल्लाबाट प्रतिवेदन आइसकेपछि पुनः मधेश प्रदेशमा सत्ता गठबन्धनको बैठक बस्ने दलहरूले बताएका छन् जिल्लाहरूबाट प्रतिवेदन आइसकेपछि पुनः गठबन्धनको बैठक बस्ने माओवादी केन्द्रका मधेश प्रदेशका ईन्चारज गणेश साहले बताउनु भयाे ।
अहिले निर्वाचन गठबन्धन र स्थानिय निकायकाे निर्वाचनकाे लागि सबै दलहरु छलफल र कार्यक्रममा व्यस्त रहेका छन् ।

सम्बन्धित समाचार