Close This

राष्ट्रिय परिचय पत्र सम्बन्धी हरिहरपुरगढीमा एकदिने अभिमुखीकरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१७ गते   ४९८ पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढीमा राष्ट्रिय परिचय पत्र बितरण दर्ता र नागरिकता सम्बन्धी कानुनी व्यवस्थाको विषयमा अभिमुखिकरण सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बितरण दर्ता र नागरिकता सम्बन्धी कानुनी व्यवस्थाको विषयमा अभिमुखिकरण सम्पन्न गरेको हो । 
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डले हरिहरपुरगढी गाउँपालिकामा केहि दिनपछि राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रम सुरुहुने बताउनुभयो । जसका लागि शनिबार राष्ट्रिय परिचय पत्र बितरण दर्ता र नागरिकता सम्बन्धी कानुनी व्यवस्थाको विषयमा अभिमुखिकरण गरिएको हरिहरपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता झलक कुमार माझीले जानकारी दिनु भयो ।
यस्तै, जिल्ला प्रशासन कार्यलय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले नेपाली नागरिक बाहेकका नागरिकले पनि झुक्याएर र मिलेमतोमा नेपाली नागरिकता लिनसक्ने भएकाले सिफारिसको समयमा ध्यान दिन आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयबाट दैनिक ८० जनाले नागरिकता सिफारिस गरेकामा बढीमा ७० जनालाई मात्रै नागरिकता उपलब्ध गराउन सकिने उहाँले बताउनु भयो । विभिन्न समस्याका कारण १० जनाको सिफारिस नागरिकता दिन नसकिने 
 त्यसैले जनप्रतिनिधिहरूले नागरिकता सिफारिस गर्दा ऐन, कानुन, नियमलाई ध्यानमा राख्न अधिकृत न्यौपानेले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले स्थानीयलाई राष्ट्रिय परिचय पत्र दर्ता गर्न र नागरिकता उपलब्ध गराउन आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अनिता राई, जिल्ला प्रशासन कार्यलय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी रिद्धि प्रसाद सिटौलालगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रवत्तःा माझीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech