इश्वरपुरमा साह निकट आईटी आर्मीको जिल्ला भेला सम्पन्न,

3.1k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा बुधबार नेकपा)एमाले) नेता तथा पुर्व मन्त्ती प्रभु साहले निर्माण गरेको आईटी आर्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आईटी आर्मीका केन्द्रीय संयोजक चन्द्रभुषण साहको अध्यक्षता तथा पूर्वमन्त्री एवम नेकपा(माओवादी केन्द्र)बाट भर्खरै नेकपा(एमाले)को केपी शर्मा ओली समूहमा जानु भएका नेता साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा पूर्व सांसद कुन्दन कुशवाहा, आइटी आर्मीका सर्लाही जिल्ला संयोजक बलराम खड्का लगायतको आतिथ्यता रहेको थियो । भ्रष्टाचार र अन्य बेथितीको खबरदारी गर्ने अभियान अन्तर्गत भेला गरिएको नेता साहले बताउनु भयो ।
नेता साह पुर्व प्रधानमन्त्ती ओली समूहकै भएपनि नेकपा(एमाले)को ओली समूह सर्लाहीका अध्यक्ष राजनारायण साहले भने केही दिनअघि नै प्रेस विज्ञप्ती निकालेर वुधवारको भेला पार्टीको आधिकारिक कार्यक्रम नभएको बताउनु भएको थियो ।

सम्बन्धित समाचार