करिब साँढे सात किलो गाँजा सहित बरहथवाका मुखिया प्रहरीको नियन्त्रणमा

289 Shares

सर्लाहीको मलंगवा नगरपालिका ९ बाट करिब साँढे सात किलो प्रतिवन्धित लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ९ स्थित नागमनी टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले प्रदेश २–०३–००७ प २५९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा सात किलो चार सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा सहित बरहथवा नगरपालिका ११ का अन्दाजी वर्ष ३७ का राम प्रवेश मुखियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार उक्त मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार मुखियाले आफ्नो पिठ्युमा बोकेको झोलामा सात किलो चार सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद् भएको हो।प्रतिवन्धित लागु औषध गाँजा सहित नियन्त्रणमा लिईएका मानिस र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार