जनताका माग र आवश्यक्ता पुरा गर्न पर्याप्त बजेटको अभाव ः अध्यक्ष श्रेष्ठ

2.5k Shares

 निर्वाचन पश्चात स्थानीय तहमा विकास निर्माणका कामले निकै फड्को मारेको धेरै कामहरु भएका छन् ति काम साना वा ठूला नै किन नहुन् स्थानीयले केही कुरामा विरोध गर्नु घचघच्याउनु राम्रो पक्ष हो जसले हामी जनप्रतिनिधिहरुलाई काम गर्न थप सहज हुन्छ लालबन्दी नगरपालिका का वडाध्यक्ष तथा नगर प्रवत्ता राजन कुमार श्रेष्ठ भन्छन्, ‘चुनौती नै अवसर हो, हामीले यस्ता चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडी बढ्न आवश्यक

वडाध्यक्ष तथा प्रवत्ता श्रेष्ठले सबै जनप्रतिनिधिको श्रम, लगाव मिहिनेतका साथ वडामा भएका श्रोत साधन परिचालन गर्दै सक्रिय रुपमा वडाको टीम निकै लागनसिल भएर काम गर्दै आएको जनाएका छन् जसमा स्थानीय निर्वाचन अघि वडामा मात्र नभएर सिङ्गो नगरपालिका भित्र पनि धेरै सडकसञ्जाल थिएनन् केही भएका पनि अव्यवस्तिथ थिए हाल आएर वडाले भौतिक पुर्वाधार विकास निर्माणमा पनि सडक विस्तारलाई निकै प्राथमिकता दिईएको

जसमा आफू निर्वाचित भए पश्चात वडामा विभिन्न किसिमका समस्याहरु समाधान गर्दै विशेष गरी सडकलाई प्राथमिकतामा राखेर स्थानीयको सहभागिताका आधारमा सम्भव भए सम्म सडक विस्तार गरेको छौं उहाँले भन्नु भयो मुख्य विकास भनेकै पहिलो सडक सञ्जाल रहेछ, त्यसकारण हामी जनताको माग अनुसार सडक विस्तार गर्न लागि परेका छौं ’ वि.सं.२०७४ सालमा भएको स्थानीय निर्वाचन पछि लालबन्दी नगरपालिका मा पूर्वाधार विकास निर्माणमा ९५ प्रतिशत सडक सञ्जाल विस्तारको काम सम्पन्न भएको हाल धमाधम सडकको स्तरोउन्नती गर्ने, कालोपत्रे गर्ने, ढलान गर्ने लगायतका स्तरोन्नतीका काम भईरहेका छन्

हाल वडामा सबैभन्दा धेरै बजेट स्तरोन्तिका काममा खर्च गरिएको विगतका वर्षहरुमा अन्तर वडा जोड्ने सडक निर्माण भएको थिएन यस आर्थिक वर्षमा यो कामको पनि शुरुवात भएको जसमा लालबन्दी नगरपालिका बाट निम्न वडाहरु११,१०,, एक आपसमा जोडिएका छन् वडा नं. १२ जोड्ने काम पनि तिब्र गतिमा हुँदै आएको जानकारी अध्यक्ष श्रेष्ठले बताउनु भयो

 भित्र लालबन्दीमरिण हुँदै मध्य पहाडी लोकमार्ग सम्मको सडक निर्माणको काम समेत शुरु भएको त्यसैगरी वडा भित्र पुलपुलेसा निर्माणको काम,अन्य भौतीक संरचनाको काम तेतीकै भईरहेको ।भने वडा भित्रका अन्य साना शाखा सडक निर्माणका कामहरु भईरहेका छन्

त्यसैगरी वडाभित्रका विभिन्न भवन निर्माण गरिएको जसमा वडा कार्यालय भवन निर्माण सम्पन्न, धार्मीक स्थलको निर्मााण,सार्वजनिक स्थलमा पार्टी पौवाको निर्माण,गाउँघर क्लिनिक , विद्यालयको भौतीक संरचना निर्माण गरेको वडावासीको माग चाहाना अनुरुप वडाबासीको सहमतीमा गुम्वा,मन्दीर पार्टी पौवाको निर्माण गरिएको । युवा तथा विद्यार्थीहरुलाई पढाईमा मात्र सिमित बनाउने भन्दा पनि खेलकुद लगायतका विभिन्न बाहिरीज्ञान आवस्यक रहेका कारण उनीहरुको चाहानाअनुरुप खेलकुद क्षेत्रलाई जोड दिइएको

 त्यस्तै गरी वडाका विभिन्न स्थानमा पोल गाड्ने लगायतका काम तिब्र गतिका साथ अगाडी बढाईएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो यतिमात्र नभएर भौतिक पूर्वाधार विकास निर्माण सम्बन्धि उल्लेखनीय प्रगति भएको सिमित श्रोत साधन भएका कारण सके सम्म मिले अनुसारका विकास निर्माणका काम गर्न बाँकी नराखेको अध्यक्ष श्रेष्ठले बताउनु भयो

वि.सं.२०७४ सालको स्थानीय निर्वाचन पछि देशमा विकासले निकै फड्को मारेको ति काम जनताले प्रत्यक्ष रुपमा देखेका छन् राम्रोसँग मुल्याङ्कन गर्दै विकास भएको महसुस गरेका छन् तर पनि जनताका सबै आवश्यक्ता चाहाना भने पुरा भएका छैनन् जनताका माग आवश्यक्ता पुरा गर्न हाल पर्याप्त बजेटको अभाव रहेको

सम्बन्धित समाचार