नेकपा (माओवादी केन्द्र) तिनपाटन गाउँ कमिटिमा कार्कीको अध्यक्षतामा ५५ सदस्यीय चयन

3.1k Shares

नेकपा(माओवादी केन्द्र) तिनपाटन गाउँ कमिटिको अध्यक्षमा आनन्द कार्की सर्वसम्मत चयन हुनुभएको छ । आज(शुक्रबार)भएको प्रथम गाउँ सम्मेलनले कार्कीको अध्यक्षतामा ५५ सदस्यीय तिनपाटन गाउँ कमिटि चयन गरेको हो ।
गाउँ कमिटिको उपाध्यक्षमा मधु कटुवाल, एक बहादुर मानन्धर, अम्मर बहादुर किङरिङ मगर, सचिवमा दिनेश रमौली, सहसचिवमा अर्जुन बिक र कोषाध्यक्षमा तोतादेवी बोगटी(सरिता) चयन भएका  नेकपा माओवादी केन्द्र तिनपाटन गाउँ कमिटिले जनाएको छ ।
तिनपाटन गाउँ कमिटिको ईन्चार्जमा अशोक पुलामी, सह ईन्चार्जमा भुल कुमार राना(अविरल) र जानुका तिमल्सिना चयन भएका छन् । पालिका सम्मेलन तिनपाटन गाउँपालिका ५ माझुवा दोभावनमा सम्पन्न भएको जिल्ला कमिटि सदस्य हेम कुमार कार्कीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार