Close This

बर्दीमै तास खेलेका १२ सहित १४ प्रहरीलाई कार्बाही

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-८ गते   २९८ पटक हेरिएको

सर्लाहीको वरथवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्माचारीहरुलाई कारबाही भएको छ । प्रहरी नीयमावली २०७१(संसोधन सहित) को परिच्छेद १० को नीयम ११२ को देहाय(क),(घ) र (च) को कसुरमा ऐन नीयमावलीको नीयम ११९ को उप नियम १ को(२) ले दिएको अधिकारको प्रयोग गरि सोही नीयमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम १४ जना प्रहरी कर्माचारीहरुलाई कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनु भयो । 
प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सोविषयमा छानबिन अघि बढाएको थियो जस अनुसार ६ जना प्रहरी जवान,२ जना प्रहरी हबल्दार र २ जना प्रहरी सहाक निरिक्षकलाई कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 भिडियो खिच्ने र मिडिया सम्म पुर्याउने ५ जनालाई हालको पदको ज्येष्ठता सहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने,तास खेल्ने ५ जनालाई नसिहत र तास खेलेको हेर्ने २ जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।अनुसन्धानको क्रममा भिडियो १ वर्ष पहिला नै खिचेको पाइएको पनि उहाँले बताउनु भयो ।  
तास खेल्ने , भिडियो बनाउने र भिडियो मिडिया सम्म पुर्याउने प्रहरी सहायक निरिक्षक ,  प्रहरी हबल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथवा मै  झिकाएर कारवाही गरिएको ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिंह  भाटले बताउनु भयो ।
प्रहरीले बर्दी लगायर तास खेलेकोे भिडियो आफुलाई पुस २१ गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायव उपरिक्षक भाटले  छानविन समिति बनाएर छानविन गर्नु भएको थियो। उक्त तास खेलेको तथा भिडियो खिचिएको समयमा आफु सर्लाहीमा नै नभएको बताउँदै आउनुभएका प्रहरी नायव उपरिक्षक भाटले अनुसन्धान पछि भिडियो १ वर्ष पहिला नै तयार पारिएको र आफु त्यो समयमा सर्लाहीमानआएको बताउनु भएको छ ।
भिडियो १ वर्ष पहिला कै रहेको साथै तास खेल्ने, हेर्ने मध्येका धेरै जसो प्रहरी कर्माचारीहरु पहिले नै सरुवा भएर अन्यन्त्र गइसकेका र उनिहरुलाई आफ्नो कार्यालयमा झिकाएर कार्बाही गरिएको पहरी नायव उपरिक्षक भाटले बताउनु भयो ।
कार्बाही पर्नेहरुमा प्रहरी जवान मोहन थापा,अर्जुन कुमार सिंह,राज किशोर भण्डारी,गिता चौधरी र सन्तोष कुमार यादवको खाइपाइ आएको सुरुको तलबमा घटुवा गरिएको छ । त्यसैगरी प्रहरी सहायक निरिक्षक प्रमोद प्रसाद यादव र राज कुमार साहका साथै प्रहरी हबल्दार महेश प्रसाद यादव,रामबाबु साह र प्रहरी जवान जित नारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भने अरु २ जना प्रहरी जवान संजय कुमार साह र तिल बहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यलय लालबन्दीमा कार्यरत प्रहरी हबल्दार पुष्पजंग कार्की र अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीमा कार्यरतप्रहरी जवान नवराज खड्कालाई पनिकार्बाही गरिएको प्रहरी प्रवक्ता कुँवरले बताउनु भयो । उनिहरुबीच सवारी साधनलाई कार्बाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै डिउटीमा रहेको समयमा विच सडकमै हानाहान भएको थियो । उनिहरुलाई दुवै जनालाई सख्त चेतावनी सहित २ नम्बर प्रदेश दंगा नियन्त्रण ढल्केवारमा कार्बाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech