२० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगिता लालबन्दी १७ मा सुरु

164 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।लालबन्दी नगरपालिका १७ स्थित रहेको महाकाली युवा क्लबको आयोजना तथा जिल्ला फुटबल संघ सर्लाहीको समन्वयमा बिहीबार(आज)बाट २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको जिल्ला फुटबल संघ सर्लाहीका उपा अध्यक्ष एवम महाकाली युवा क्लबका खेलकुद संयोजक विभुसिंह थापाले जानकारी दिए ।
उनका अनुसार “एकताबद्ध देश,खेलकुदको संदेश”भन्ने मुल नाराका साथ सर्लाही जिल्ला मै पहिलो पटक सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा जिल्ला भरीका २० वर्षमुनीका फुटबल खेलाडी भएका १८ वटा टिमले सहभागिता जनाएका छन् ।
बिहीबार(आज)बाट सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा आयोजक महाकाली युवा क्लब,जनप्रिय युवा क्लब,द अनुप सेवा समाज,राधा कृष्ण युवा क्लब,बागमती फुटबल क्लब,आइडियल को एड एकेडेमी,श्रीसन सागरनाथ युथ क्लव,मिरमिरे युवा क्लब,नव संघर्षशिल युवा क्बल,जुटपानी युवा क्लव,सेरूची युवा क्लव,जन जागरण सामुदायिक युवा क्लव,अग्नेश्वर युवा क्लव,एन्जल एकेडेमी,बीर.एफ.सी.हरिवन,८ स्टार युवा क्लब लालबन्दी,कम्यूनिटि फुटबल एकेडेमी र एभरेष्ट फुटबल एकेडेमी गरी सर्लाही जिल्ला भरका १८ वटा टिामको सहभागिता रहेको आयोजक महाकाली युवा क्लबले जनाएको छ ।
लालबन्दी नगरपालिका १७ रानिगंन्ज स्थित आयोजक महाकाली युवा क्लबको खेल मैदानमा आज(बिहीबार)बाट सुरु भएको प्रतियोगिताको विजेता टिमलाई रु ३१ हजार एक सयका साथै शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई रु २० हजार एक सयका साथमा शिल्ड  र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।नक आउट चरणमा हुने प्रतियोगिता जेठ २० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।आज(बिहीबार) उद्धघाटन खेल आयोजक महाकाली युवा क्लब लालबन्दी १७ र जनप्रिय युवा क्लब लालबन्दी ११ विच दिउँसो ४ बजेबाट सुरु हुने छ ।

 

सम्बन्धित समाचार