सिन्धुलीले नौ वटै स्थानिय निकायमा वाईसियलको ईन्चार्ज सहईन्चार्ज टुंगिायो, असोज ९ मा जिल्ला सम्मेलन गर्ने निर्णय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२२ गते   ४७४ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल) सिन्धुलीले जिल्लाका सबै स्थानिय निकायहरुको ईन्चार्ज सह ईन्चार्ज टुङ्ग्याएको छ । वाईसियल जिल्ला कमिटी सिन्धुलीको तेस्रो पुर्ण बैठकले जिल्लाका ९ वटै स्थानिय निकायका ईन्चार्ज सह ईन्चार्जको जिम्मेवारी बाडँफाडँ गरेको हो ।


माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज राजन दाहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा बसेको बैठकले वाईसियल कमलामाई नगर कमिटीको ईन्चार्जमा विश्व ज्योति थापा, दुधौली नगर कमिटीको ईन्चार्जमा विशाल पाख्रीन, सह ईन्चार्ज राजेश शाहलाई जिम्मेवारी दिएको छ । त्यस्तै मरिण गाउँपालिकाको ईन्चार्जमा विजय ठाडा, सह ईन्चार्जमा दोर्न वि.क., हरिहरपुगढी गाउँपालिकाको ईन्चार्जमा सुनिल वाईबा, सह ईन्चार्जमा कुल बहादुर भोलनलाई जिम्मेवारी दिईएको वाईसियल सिन्धुलीका संयोजक भुल कुमार राना (अविरल)ले जानकारी दिनुभयो ।
त्यसैगरी घ्याङलेख गाउँपालिकाको ईन्चार्जमा प्रेम थिङ्ग, सुनकोशी गाउँपालिकाको ईन्चार्जमा प्रेम लामालाई जिम्मेवारी दिईएको छ । त्यस्तै, तिनपाटन गाउँपालिकाको ईन्चार्जमा गोपाल रुवाले, सह ईन्चार्जमा कपिल श्रेष्ठ, गोलन्जोर गाउँपालिकाको ईन्चार्जमा चित्रलाल श्रेष्ठ लाई जिम्मेवारी दिएको छ भने फिक्कल गाउँपालिकाको ईन्चार्जमा राजन सुनुवारलाई जिम्मेवारी दिएको छ ।
बैठकले वाईसियल सिन्धुलीको सातौ जिल्ला सम्मेलन असोज ९ गते सिन्धुलीमाढीमा गर्ने निर्णय गरेको छ । ५ हजार भन्दा बढी युवाहरुको वृहत ¥याली र मार्चपास सहित जिल्ला सम्मेलन गर्ने बैठकले निर्णय गरेको सयोंजक रानाले जानकारी दिनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech