सिन्धुलीको दुधौली नगरपालिका ७ सुघारेमा शनिबार भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन ।
दुधौली नगरपालिका ७ को सुँगारेमा शनिबार साँझ मोटरसाईकल दुर्घटना हुँदा दुधौली नगरपालिका १ निवासी अन्दाजि वर्ष २६ का मदन भण्डारी गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उदयपुरको कटारीबाट दुधौली तफै आउँदै गरेको लु ६४ प २६८३ नम्बरको मोटरसाईकल अनियनिन्त्रत भई दुर्घटना हुँदा मोटरसाईकलका चालक भण्डारी गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनु भयो ।
मोटरसाईल अनियन्त्रित भई सडक छेउको पोलमा ठोकिएर घाईते भएका भण्डारीलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि उदयपुरको कटारी स्थित मोडल हेल्थ केयरमा पठाईएको प्रहरीले जनाएको छ ।