Close This

उबासंघ लालबन्दीको भवन निर्माण कार्य तिब्रगतीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२९ गते   ९०२ पटक हेरिएको

उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशी निर्माणधिन भवनको स्थलगत अनुगनमा रहेको समयको फोटो

उद्योग बाणिज्य संघ लालबन्दीको भवन निर्माण कार्य तिब्रगतीमा अगाडी बढेको छ । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपा अध्यक्ष शेखर गोल्छाले २०७६ साल फागुन २३ गते सिलन्यास गर्नु भएको भवनको माथिल्लो ट्राईविम सम्पन्न भएको हो ।
उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी लगायत पदाधिकारीहरुको निरन्तर अनुगमनका कारण भवन निर्माण कार्य तिब्रगतीमा अगाडी बढेको उद्योग बाणिज्य संघ लालबन्दीका माहा सचिव दिपेन्द्र कुमार बलम्पाकीले जानकारी दिनु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिइएको कोरोना भाईरस विरुद्ध गरिएको लक डाउनका भएको भएपनि  भवन निर्माण कार्यमा कुनै ढिलासुस्ती नदिई काम निरन्तर भई रहेको  उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।
१ करोड ४४ लाखको लागतमा निर्माण हुने अढाई तले भवनको मुन मल्टीप्रपोज कन्ट्रक्सनले करिब डेढ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सहमतीमा भवन निर्माणको ठेक्का लिएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ ।
 विभिन्न दाताहरुको सहयोगमा संकलन भएको रकमले उद्योग बाणिज्य संघ लालबन्दीको आफ्नै भवन निर्माण गर्ने योजना अनुसार भवनको निर्माण कार्य तिब्रगतीमा भई रहेकोे उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले बताउनु भयो। निर्माण उपभोत्ता समिति बनाएर भवन निर्माणको काम सुरु गरिएको र हाल माथिल्लो ट्राईविमको काम सम्पन्न भएको छ ।

२०६५/०६६ सालमा ५ लाखको लागतमा पौने १२ धुर जग्गा खरिद भएको र अहिले सो आफ्नै जग्गामा भवन निर्माण कार्य गरिएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech