जिल्लाको लालबन्दी नगरपालिका ५ का १४ वर्षे आयुष ढुंगेलले १४ वर्ष मुनिको पुरुष एकल पुम्सेमा स्वर्ण पदक जितेका छन । ब्राजिल तेक्वान्दो महासंघको आयोजनामा चलेको १४ वर्ष मुनिको पुरुष एकल पुम्सेमा स्वर्ण पदक ढुंगेलले स्वर्णपदक जितेका हुन ।
यस अघि उनले मलेसिया ओपन तेक्वान्दो चाम्पीयनसिप,अन्र्तराष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो,पुरुष रत्न नगर राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो त्यसैगरी चौथो थिम्पु अन्र्तराष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो र कोरियन एम्बेष्टर तेक्वान्दो फ्रेण्डसिप पनि जितेका उनले नेपाली खेलाडीको सान र नेपालको सान विदेशमा समेत जोगाएका छन ।
सानोउमेरबाटै तेक्वान्दो खेल्न सुरु गरेका ढुंगेलले नेपाली खेलाडीको प्रतिनिधित्व गर्दै यहि कात्तिक २४ र २५ मा ब्राजिलमा चलेको खेलमा स्वर्ण पदक जित्न सफल भएका हुन । २ दिनसम्म चलेको खेलमा नेपाल,ब्राजिल,अर्जेन्टीना र उरग्वे सहित गरि कुल ३८ देशका खेलाडीहरुको सहभागीता रहेको थियो ।
नेपालको सान जोगाउदै आफ्नो गाउँ र नगरको सान जोगाएको भन्दै लालबन्दी नगरपालिका ८ ले उनलाई सम्मान पत्रका साथ सम्मान समेत गरेको अनेरास्ववियुका नेता शिवराज धमालाले जानकारी दिनु भयो। लालबन्दी नगरपालिका ८ मा एक अनौपचारीक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक विजेता ढुंगेललाई सम्मान गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो ।
आफ्नो गाउँको सान जोगाउनुको साथै विश्व सामु नेपालको नाम राखेर आएको भन्दै सम्मान गरेको प्रति खुशी व्यक्त गर्दै सम्मान कार्यले भोलीका दिनमा थप खेल क्षेत्रमा लाग्न मनोवल बढाउनुको साथै अरु नयाँ खेलाडी साथीहरुलाई पनि खेल क्षेत्रमा लाग्न प्रोत्साहन गरेको सम्मान पछि स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी ढुंगेलले बताउनु भयो ।