नेकपा (एमाले) सर्लाही जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा प्रदेश कमिटीकी अध्यक्ष ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा बैठक बसेको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।
बैठकले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधि लगायत अन्य नेताहरुलाई कारवाही गर्ने, जिल्लाका २० वटै स्थानिय निकायमा अध्यक्ष र सचिव तोक्ने, केन्द्रीय विधान महाधिवेशनका लागि महिला, दलित सबैको समान सहभागिता हुने गरी प्रतिनिधि छनौट गर्ने लगायतका निर्णय गरेको बैठक पछि प्रदेश कमिटीका सदस्य सुशील थपलियाले जानकारी दिनु भयो ।
बैठकमा पार्टीका जिल्ला इन्चार्ज एवम केन्द्रीय सदस्य कमला देवी महतो, सह इन्चार्ज एवम केन्द्रीय कमिटी सदस्य बद्री न्यौपाने, संविधान सभाका सदस्य हरि उप्रेती लगायतको उपस्थिति रहेको थियो ।