समाचारको विषयलाई लिएर पोल्ट्री सञ्चालक डा.श्रेष्ठद्धारा पत्रकारलाई हातपात र गालीगलौज

995 Shares

शंखर पहाडी(गौरब)
कमलामाई मिडिया प्रा.लिका बजार व्यावस्थापक एवम प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)माथी हातपात तथा दुव्यवहार भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.मनोज कुमार श्रेष्ठ सहित मोटरसाईकलमा आएका दुई जनाले आफुलाई हातपात,दुव्र्यवहार तथा अपशब्दहरु प्रयोग गर्दै गालीगलौज गरेका पत्रकार अधिकारीले बताए ।


उनका अनुसार आफु खाना खाएर फर्किदैँ गर्दा लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठ सहित मोटरसाईकलमा आएका दुई जनाले आफुलाई हातपात,दुव्र्यवहार तथा अपशब्दहरु प्रयोग गर्दै गालीगलौज गरेका हुन । चैत्र २० गते कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालीत कमलामाई खबर डटकम नामक अनलाईन पत्रिकामा“सर्लाहीबाट निकासी हुने माछाको भेटेरिनरी प्रमाण पत्र नक्कली बनाईने गरेको तथ्य बाहिरियो” शिर्षकमा समाचार प्काशन भएको थियो । सोही समाचारको विषयलाई लिएर लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठ सहित मोटरसाईकलमा आएका दुई जनाले आफुलाई हातपात,दुव्र्यवहार तथा अपशब्दहरु प्रयोग गर्दै गालीगलौज गरेका पत्रकार अधिकारीले बताए ।


समाचारमा चित्त नबुझे कानूनी उपचारको स्पष्ट बाटो हुँदा हुँदै समाचार लेखेकै कारण पत्रकारहरुमाथी हुने यस प्रकारका घटनाहरु प्रति गंभिर ध्यानाकर्षण भएको भन्दै कमलामाई मिडिया प्रा.लिले विज्ञप्ती समेत जारी गरेको छ । विज्ञप्तीमा लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठले भेटेरिनरी प्रमाण पत्र विक्रि गर्ने गरेको प्रमाण सहित समाचार प्रकाशन भएको र सोही विषयलाई लिएर चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठ र अर्का एकजनाले अचानक मोटरसाईकलमा आएर हातपात,दुव्र्यवहार तथा अपशब्दहरु प्रयोग गर्दै गालीगलौज गरिएको घटनाप्रति हाम्रो गंभिर आपत्ति छ ।

पत्रकारमाथि भएको यस प्रकारको घटनाका अभियुक्त लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठ र उनीसंगै आएका अर्का एकजनालाई यथासिघ्र नियन्त्रण लिई आवश्यक कार्बाही गर्न समेत कमलामाई मिडिया प्रा.लिले विज्ञप्ती मार्फत माग गरेको छ ।  चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठले विक्रि वितरण गर्ने गरेको भेटेरिनरी प्रमाण पत्रहरुको सम्बन्धमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले जाँचबुझ गरी आवश्यक कार्बाही गर्न समेत माग गर्दछौं । कमलामाई मिडिया प्रा.लिद्धारा जारी गरिएको विज्ञप्तीमा लेखिएको छ ।
यता, चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठले आफु आवेश आएका कारण हातपातमा उत्रिएको स्वीकार गरेका छन् । उनले आफ्नो बारेमा लेखिएको समाचारका कारण आफु आवेशमा आएको र हातपात,दुव्र्यवहार तथा अपशब्दहरु प्रयोग गर्दै गालीगलौज गरेको स्वीकार गरे ।
के थियो चैत्र २० गते प्रकाशन भएको समाचारमा ?
सर्लाहीबाट निकासी हुने माछाहरुको भेटेरीनरी चेकजाँच नहुने गरेको पाइएको छ । जिल्लाको इश्वरपुर,भक्तीपुर लगायतका क्षेत्रबाट निकासी हुने माछाको भेटेरीनरी चेकजाँच नहुने गरेको तथ्य फेला परेको हो । केही दिन पहिला अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलजोरले माछा ढुवानी गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भेटेरिनरी रिपोर्ट नभएपछि भेटेरिनरी रिपोर्ट लिएर आउन भन्दे फिर्ता गरिएका माछा ढुवानी गर्ने सवारी साधनहरु भागेपछि सो तथ्य बाहिरिएको हो ।
जिल्लाको इश्वरपुर नगरपालिका ५ सखुवनीमा रहेको ललित माछा फर्मको नाममा विल बनाएर माछा ढुवानी गर्ने सवारी साधनहरुलाई लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सले भेटेरिनरी रिपोर्टको प्रमाण पत्र पहिला नै हस्ताक्षर गरी दिने गरेको र सो वापत लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.मनोज कुमार श्रेष्ठले रु पाँच सय लिने गरेका तथ्य बाहिरिएको हो ।


लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठले प्रति भेटेरिनरी प्रमाण पत्र रु पाँच सयलिएर एकैपटक सयवटा भेटेरिनरी प्रमाण पत्रमा हस्ताक्षर गरी ललित मार्छा फर्मलाई दिने गरेको स्वीकार गरेका छन् । ललित माछा फर्मले पानी भर्ने स्थानमा नै नक्कली भेटेरिनरी विल बनाएर माछा ढुवानी गर्ने सवारी साधनहरुसंग प्रति सवारी साधन रु पाँच सय देखि रु सात सय सम्म लिने गरेको फर्मका सञ्चालक ललिता कुमारी देवीेले स्वीकार गरिन् ।


उनका अनुसार डा.श्रेष्ठले सर्लाही जिल्लाभरबाट निकासी हुने माछाहरुको नक्कली भेटेरिनरी प्रमाण पत्र दिने गरेका छन् । डा. श्रेष्ठ लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्समा नै बस्ने र एकै पटक एउटा फर्मलाई सयवटा भेटेरिनरी प्रमाण पत्रहरु हस्ताक्षर गरी पठाउने र कमिसन असुल्ने गरेका पाइएको हो ।  डा.श्रेष्ठले माछाको परिमाण हेरेर प्रति भेटेरिनरी प्रमाण पत्रको रकम लिने गरेको स्वीकार गरेका छन् । उनले आफु माछाको भेटेरिनरी चेकजाँचमा नजाने गरेको तर भेटेरिनरी प्रमाण पत्र मात्रै पठाउने गरेको स्वीकार गरे । उनले आँखैले हेरेर माछाको स्वास्थ्य अवस्था थाहा हुने बताए ।
उनले गैर कानुनी रुपमा भेटेरिनरी प्रमाण पत्र दिएको भएपनि कुनै नराम्रो कुरा आएको छ र ?भन्दै उल्टै प्रश्न गरे । उनले सबै तिरको प्रक्रिया नै यस्तै रहेको र आफैले करिब ६ महिना पहिला नै भेटेरिनरी प्रमाण पत्र हस्ताक्षर गरी दिएको बताए । दिएको विलमा उनको हस्ताक्षर मात्रै रहेको र मिति लगायतका सबै कुरा सम्बन्धीत माछा फर्महरुले नै लेख्ने गरेका समेत स्वीकार गरे ।
 उनले आफुले पनि दाना चल्लाहरुका साथै कुखुराहरुको समेत कारोवार गर्ने गरेको बताए । जसका कारण भेटेरिनरी प्रमाण पत्रहरुको क्रमागत रुमा प्रमाण पत्र नजाने गरेको र जसरी विल काटेपनि फरक नपर्ने डा.श्रेष्ठले बताए ।उनले आफुले हस्ताक्षर गरी पशु सेवा प्राविधिक विष्णु देव महतो मार्फत भेटेरिनरी  प्रमाण पत्र पठाउने गरेको बताए ।
उनले आफुले गाई गोरु चाँही नपठाउने गरेको तर अन्य सबै प्रकारका पशु चौपायहरुको निकासी गर्दा भेटेरिनरी प्रमाण पत्र दिने गरेको बताए । लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठले आफ्नो पसलमा पनि पहिलै हस्ताक्षर गरी भेटेरिनरी विल बनाएर राखेका छन् । उनले कतिपय विलहरुमा विल नम्बर पनि नराखेको पाइएको हो । लालबन्दी नगरपालिका ७ मा रहेको चुरियामाई पोल्ट्रि सप्लायर्सका सञ्चालक डा.श्रेष्ठले विगत करिब पाँच वर्षदेखि जिल्लाबाट निकासी हुने माछा,कुखुरा,गोरु र राँगाहरुको समेत भेटेरिनरी विल नक्कली बनाएर कमिसन असुल्ने गरेका पाइएको छ ।
त्यसैगरी ती पशु चौपाय ढुवानी गर्ने सवारी साधनहरुको भेटेरिनरी प्रमाण पत्र नभएको जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीलाई जानकारी भएको भएपनि कुनै वास्था नगरिएको पाइएको हो ।त्यस्ता सवारी साधनहरुबाट ट्राफिक प्रहरी तथा नेपाल प्रहरी कर्माचारीहरुले कमिसन असुल्ने गरेका र सडकमा पानी छ्याप्तै हिड्दा र तिब्रगतिमा त्यस्ता सवारी साधनहरु सञ्चालन हुँदा समेत उनीहरु मौन बस्नुले कमिसन असुल्ने गरेको पाइएको हो ।तर,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले गैर कानुनी रुपमा भेटेरिनरी प्रमाण पत्र वितरण गरेको पाइएमा आवश्यक काबाृही गर्ने बताए ।
यता,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका प्रमुख डा.जयप्रकाश यादवले पशु चौपायहरुको भेटेरिनरी प्रमाण पत्र दिँदा तत्कालै भेटेरिनरी चेकजाँच गरि दिनु पर्ने र त्यो नगरेको पाइएको आवश्यक कार्बाही हुने बताए । त्यसैगरी जिल्लाका केही माछा व्यापारीहरुले डा.श्रेष्ठको हस्ताक्षरमा वितरण हुने गरेको भेटेरिनरी प्रमाण पत्र गैर कानुनी र माछाको स्थलगत चेकजाँच नगरी वितरण गरिएको बताए । उनले जसका कारण आफुले भेटेरिनरी प्रमाण पत्र नै नलिने गरेको समेत स्वीकार गरे ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका अनुसार जिल्लामा कहिँ पनि माछाको भेटेरिनरी चेकजाँच नहुने गरेको समेत पाइएको छ । तर सरोकारवाला निकाय मौन देखिएका छन् ।

सम्बन्धित समाचार