Close This

नन्देश्वर महादेव सावउसको दशौा साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-४ गते   २०१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा रहेको नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहको दशौँ साधारण सभा सम्पन्न भएको छ । लालबन्दी नगरपालिका १ को जनता माविको प्राङ्गणमा नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष उदय बहादुर कार्कीको अध्यक्षता तथा लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष पञ्चलाल स्याङ्गवोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७४ देखि आर्थिक वर्ष २०७६÷०७७ सम्मको आर्थिक प्रतिवेदन समेत प्रस्तुत  गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७४ को  रु १२ लाख ८३ हजार ५ सय ५९ रुपैँया ९४ पैसाको आय÷व्यय प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०७४÷०७५ को १३ लाख ४८ हजार ८ सय ६३ रुपैँया ६९ पैँसा,आर्थिक वर्ष २०७५÷०७६ मा  रु ६ लाख ९५ हजार ३ सय ८८ रुपैँया ४८ पैसा र आर्थिक वर्ष २०७६÷०७७ मा ११ लाख १३ हजार ५ सय ९८ रुपैँया ३६ पैसाको   आय÷व्यय प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागी सामुदायिक वनका उपभोक्ताहरु तथा अतिथिहरुले लेखा परिक्षण स्पष्ट नभएको,संस्थाको रकम व्यक्तिको नाममा रहेको प्रति चासो राखेका थिए । भने  जनता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सोनेलाल महत्तोले चिरान मिलका कारण दिनप्रतिदिन ज.गल विनाश हुदै गएको भन्दै सबै मिलेर सो कार्य रोक्नु पर्ने बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech