सर्लाही १ मा ४८ जनाको उम्मेदवारी,स्वतन्त्र तर्फमात्रै २६ जना (नामावली सहित)

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-११ गते   १४५९ पटक हेरिएको

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र सहित ४८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १९ जना र प्रदेश सभामा २९ जना गरि कुल ४८ जनाको उम्मेदवारी परेको हो ।
२ वटा प्रदेश सभा रहेको सर्लाही क्षेत्र नम्बर १ मा १२ जनाको प्रतिनिधि सभा तर्फ स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक  दलबाट प्रतिनिधि सभा तर्फ उम्मेदवारी परेको छ भने सर्लाही १(क) मा १० जनाको स्वतन्त्र र ८ जनाको विभिन्न राजनैतिक दलबाट प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ ।त्यस्तै सर्लाही १(ख)मा ४ जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट प्रदेश सभाका लागि उम्मेदवारी परेको हो ।
त्यस्तै,सर्लाही क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ आकाश वती दनुवार,जय नारायण महतो,दामोदर चौधरी,जय नारायण महतो,दिपेश कुमार कार्की,धिरेन्द्र यादव,ध्वजमान मोत्तान,बैकुण्ठ सापकोटा,मनोज कुमार चौधरी,मान बहाखुर खड्का,संजय कुमार मण्डल र सुरेश राज शर्माको स्वतन्त्र उम्मेदवारी परेको हो ।
यता, नेकपा(एमाले) र जनता समाजववादी पार्टी नेपालको दुई दलिय गठबन्धनबाट प्रमोद कुमार साह, नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)नेकपा(एकिकृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी लगायतको पाँच दलिय गठबन्धनबाट रामप्रकाश चौधरी र जनमत पार्टीबाट रामविश्वास रायको गरि ७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी प्रदेश सभा तर्फ १(क) मा १० जनाको स्वतन्त्र र ८ जनाको विभिन्न राजनैतिक दलबाट गरि १८ जनाको प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ । स्वतन्त्र तर्फ अरुण कुमार महतो,चन्द्रभुषण साह,मनोज कुमार सिंह,राम उद्गार महतो,राम केवल साह तेली,रामबलि महतो कोइरी,ललनजी महतो कोइरी,संजय कुमार सिंह,सुरेश प्रसाद महतो कोइरी र सुरेश महतोको स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो ।
यता,नेकपा(एमाले) र जनता समाजवादी पार्टीको दुई दलिय गठबन्धनबाट अहमद् मियाँ मुकेरी, नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)नेकपा(एकिकृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी लगायतको पाँच दलिय गठबन्धनबाट उपेन्द्र महतो,नागरिक उन्मुत्ती पार्टीबाट जयनारायण ठाकुर हजाम,नेपाल संघिय समाजवादी पार्टीबाट मुस्लाम मियाँ मंसुर,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राज कुमार साह सुडी,बहुजन एकता पार्टी नेपालबाट रामचन्द्र साह तेली र नेकपा(माओवादी पार्टी)को एकलबाट रामचन्द्र सिंह कुशवाहको उम्मेदवारी परेको छ ।
त्यस्तै सर्लाही १(ख)मा ४ जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि ११ जनाको प्रदेश सभाका लागि उम्मेदवारी परेको छ । 
स्वतन्त्र तर्फ परमेश्वर साह,राज कुमारी माझी,राजन कुमार श्रेष्ठ र सीला कुमारी सेनुरियाको उम्मेदवारी परेको छ । भने जनमत पार्टीबाट अजित कुमार मण्डल,नेपाल संघिय समाजवादी पार्टीबाट अली शेख,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजन कुमार विश्वकर्मा,मंगोल नेश्नल अर्गनाइजेसन पार्टीबाट रुप बहादुर स्याङ्तान, नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)नेकपा(एकिकृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी लगायतको पाँच दलिय गठबन्धनबाट बेची लुंगेली,नेकपा(एमाले) र जनता समाजवादी पार्टीको दुई दलिय गठबन्धनबाट शान्ती कुमारी लामा र बहुजन एकता पार्टी नेपालबाट शुशिला पासवनाको उम्मेदवारी परेको छ ।
सर्लाही क्षेत्र नम्बर १ मा १ जना र १(क)मा १ र १(ख)मा १ जना गरि ३ जना प्रत्यक्ष निर्वाचिन हुन ४८ जनाको उम्मेदवारी परेको हो । जयमा २६ जनाको स्वतन्त्र र २२ जनाको विभिन्न राजनैतिक दलबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech