बढ्दो सडक दुर्घटनामा जिम्मेवार को ?

2.9k Shares

सर्लाही दुर्घटना भन्ने बित्तिकै आकस्मिक वा अप्रत्यासित ढंग हुने घट्ने घटना बुझिन्छ । भबितब्य ढंगले घटना हुनुनै दुर्घटना हो । तर हामीले यहि अर्थ लगायर मात्रै दुर्घटनाको बारे बतायौ भने गलत हुन्छ भन्ने पंतिकारको बुझाइ छ ।
स्थानीय सरोकारराख्ने पक्ष विच गम्भीर ढंगले दुर्घटना न्यूनीकरणका विषयमा छलफल नहुनु गर्न सकिने सडक व्यवस्थापन पनि नगरिनु वा भनौ त्यस तर्फ ध्यान नदिनु नै यस क्षेत्रमा दुर्घटना निमन्त्रणा भैरहनु हो , त्यसैले यस क्षेत्रमा पहिलो दृष्टि स्थानीय नागरिकको पर्न जरुरी छ । बढ्दो जनघनत्व,अव्यवस्थित शहरीकरण, बेलगाम पशु चौपाया र सडक प्रयोगकर्ता, अस्तव्यस्त लोकमार्ग, साँघुरो र बिग्रिएको सडक , झारा टार्ने निर्माण मर्मत र योजना विहिन स्थानीय तह पनि दुर्घटना निम्त्याउने कारक तत्त्व हुन् । लालबन्दी पछिल्लो डेढ दशक देखी अतिनै चल्तीको बस्न योग्य क्षेत्र हो बार्षिक ५ सय भन्दा बढी परिवारबाट बसाइसराइ मार्फत बस्ति र जनसंख्या थप हुने बिभिन्न तथ्यांकले स्पष्ट गर्दछ । यस्तो माइग्रेसन भैरहेको लालबन्दीमा बस्ति ब्यबस्थापन तथा शहरीकरणको योजना नहुनु,नगरको बृहत्तर विकासका लागि गुरु योजना नबनाइनु दुर्घटनाको तयारी गर्नु जस्तै हो । बिषेशत शैक्षिक क्षेत्रमा अघि बढिरहेको लालबन्दी पछिल्लो समय प्रदेश नम्बर २ कै शैक्षिक हबरुपमा परिचित छ । यो परिचयलाई स्थापित गर्दै गर्दा हाम्रो क्षेत्रमा बढी मात्रामा सडक दुर्घटना हुन्छ भन्ने संदेश दिनु पत्तिकारको उदेश्य होइन तर यस्ता दुर्घटना किन भैरहेको छ ? भन्ने सवाल माथिको गम्भीर प्रश्नको उत्तर खोज्ने प्रयास गर्दछ सडकपेटीमा निर्माण सामाग्रीहरु राखिनु, फुटपाथ वा सडक किनारा खुल्ला नहुनु, सडक संकेत र सडक लाइन क्लियर नगरिनु आवाश्यक सचेतना पनि प्रवाह गर्न समेत नसक्नु जस्ता सामान्य कारणले बढी भन्दा बढी दुर्घटना भएका छन् । त्यसका अलावा सडक प्रयोगकर्ता पैदल यात्री एवं सवारी चालकको लापरवाही सवारी सन्चालनको उचित नियमन हुन नसक्नु पनि सडक दुर्घटनाको कारण हुन् । लालबन्दी मात्रै नभएर अन्यत्र पनि सडक दुर्घटनामा प्रमुख कारण यस्तै यसतै देखिन्छन .सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । यसको ब्यबस्थापनमा राज्यले बिशेष ध्यान दिनुनै पर्दछ । राज्यले सडक बाट उठाएको कर तथा राजस्वको अलिकति हिस्सा मात्रै सडक दुर्घटना न्यूनीकरणका लागि खर्चिने हो भने, नियमित निर्माण मर्मत गरि सडक सफा राख्ने हो भने, बढ्दो मानिसको आवात जावत हुने ठाउमा जेब्रा क्रसिंग, सडक पेटीको ब्यबस्ता वा साना सवारी साइकल यात्री र पैदल यात्रीलाई रेलिङ्ग सहितको फुटपाथको ब्यबस्था गने हो  भने दुर्घटना घटेर जान्छ । यो फेरी कुनै ठुलो लागत लाग्ने वा स्थानीय तहले गर्न नसक्ने कुरा पनि होइन । सडकको छेउछेउ खालि गरेर निश्चित स्थान बाट मात्रै बाटो काट्ने ब्यबस्था गरेर, सडकमा सामान्य फुटपाथ निर्माण गर्न, रेलिङ्ग बनाउन इच्छाशक्ति भएपुग्छ स्रोत खासै खर्च हुन्न भन्ने बुझाइ हो ।
       त्यसै पनि आर्थिक रुपमा बलियो शैक्षिक धरोरहरहरु छन् यसबाट अलिकति बजेट ब्यबस्था गर्ने, स्थानीय सरकार र वडाहरु आफ्ना बालबालिका वा स्थानीय नागरिकको सुरक्षा बारे सोची –सम्झी खर्च गर्न पछि नपर्ने र सडक बिभाग संग उचित समन्वय राखी कार्य गर्ने हो भन्ने यो सडक सुरक्षा ब्यबस्था टाढाको कुरा होइन । यस बारेमा सबै सचेत, जागरुक र प्रतिबध्य बनौ भन्नका खातिर यो पंतिकार उपस्थित छ यस सन्दर्भमा छलफल गरिरहदा दुर्घटना आदिका सम्बन्धमा केहि जानकारी पेश गरि लालबन्दीको दुर्घटनाको क्रमागत इतिहासमा पछिल्लो समय घटेको सडक दुर्घटना र दुर्घटनाबाट ज्यान गुमाउन पुगेका कक्षा –९, मा अध्यनरत लगनसिल छात्र दिपेन्द्र रायको मृत्युको घटनाले अत्यन्तै पिडा बोध भयो । यो बिषयमा खवरदारी गर्न वा प्रश्न गर्न र आफ्ना केहि सुझाव समेत पेश गर्न आज खोज सहित तत्थ्यपूर्ण सामाग्रीको साथमा प्रस्तुत भएको छु । सडक यातायात असुरक्षित बन्दै गईरहेको छ । सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरुले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बांच्न बाध्य छन, धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ । यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन्, न्युनीकरणका लागि के गर्नु पर्छ ? नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ ?भन्ने बारेमा सवैको ध्यान आकृष्ट हुन जरुरी छ । यसरी सबै पक्षबाट सडक दुर्घटना किन भैरहेको छ ? भन्ने बारेमा सानो भन्दा सानो कारणबारे अध्यनगरि न्यूनीकरणका लागि गम्भीर बन्नेहो भने आधा भन्दा बढी दुर्घटना कम गर्न सकिन्छ । काबु बाहिरको घटना, दुई वा दुई भन्दा बढी पक्षहरुको कमजोरीका कारणले हुने घटना, कल्पना भन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । अर्थात, कुनैपनि दुर्घटनामा दुई वा दुई भन्दा बढी पक्षको हेलचेक्र्याई (बेवास्ता, उपेक्षा, ध्यान नदिने) वा लापरवाह (असावधान, होसियारी नभएको) बाट मात्र निम्तिने गर्छ । तर सर्लाहीको पुर्व पश्चिम लोकमार्ग र आसपासका सडकमा भने दुर्घटना आव्हान गरिरहेको जस्तो देख्न सकिन्छ  । यसबारे सबै निकाय र जनताको प्रतिनिधि थलो नगरपालिका र वडा हरुपनि बेप्रवाह देखिनु दुखद पक्ष हो ।
    जनताका सेवाका लागि यातायातको साधनको आयातमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको काम वैज्ञानिक र व्यवहारिक देखिएन । सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरु थोरै आयातले यात्रुहरुले कोचिएर यात्रा गर्नु पर्ने अवस्था भयो । निजी सवारी साधनहरु मोटरसाइकल, कार आयात भने अनियन्त्रीत भित्रिनाले सडकमा भिड सिर्जना गरिदियो जसले दुर्घटनालाई निम्त्यायो । यो कारण प्रमुख त छदै त छ नि तर लालबन्दीमा जाबो सडक पेटीमा रेलिङ्ग राखेर कम्तिमा दुइलाइन आवतजावत ब्यबस्थापन गर्ने हो भने बजार बाट बढी आवत जावत हुने , बिधालय, अस्पताल आदि स्थान केन्द्रित गरेर सडक छेउ मात्रै ब्यबस्थित गर्ने हो भने दुर्घटना कम हुने गर्दछ  । बजारको विचमा सडक सूचकका भासीएर धल्किएका पोलहरु , ठाउँ ठाउमा बिग्रिएर बसिरहेका सवारी साधन , मापदण्ड विपरित गरिरहेका बिभिन्न पेशा र ब्यबसाय यस भेगमा यत्र–तत्र देखिन्छन के यी कारण लाइ हामी सधै नजर अन्दाज गरि बस्ने हो कि त्यसलाई हटाउन बनाउन लाग्ने हो जनसरोकार राख्ने सबैले दवाब दिदै स्थानीय देखि संघिय सरकार सम्म पहल गर्नु पर्दछ ।
          गाउँमा सडक खन्नु र सवारी गुडाउनुलाई गाउँलेहरु गर्व मान्छन् । सवारीमा यात्रा गर्ने सपनालाई साकार पार्न सबै मिलेर सडक त खन्छन तर सवारी गुडाउनका लागि उपयुक्त सडक बन्यो कि बनेन त्यसबारे परिक्षण नै नगरी देशका अधिकांश पहाडी तथा ग्रामिण क्षेत्रमा स्थानिय श्रोत साधनबाट सडक विस्तार गरी सवारी कुदाउने गरेका छन् । जुन दुर्घटनाको कारणका रुपमा देखिएका छन् । तर हाम्रो यस क्षेत्रमा यो समस्या त छैन , यस क्षेत्रको समस्या भनेको सडकको बनोटलाइ नहेरी सवारी आयात वा प्रयोग हुनु , सडकको संरचना भन्दा बढी मात्रामा सवारी संचालन हुनु पनि दुर्घटनाको कारण हो । त्यसैगरी सडक जस्तै सवारी साधन पनि अर्को दुर्घटनाको कारणका रुपमा लिन सकिन्छ । लामो रुटमा चल्ने केही सवारी साधनहरु बाहेक छोटा तथा सहरी क्षेत्रमा सञ्चालित अधिकांश सवारी साधनहरु पुराना छन् । प्राविधिक तथा यान्त्रिक रुपमा अनुपयुक्त सवारी साधन गुडिरहेका छन् । सवारी सञ्चालन गर्न हुने नहुने ,भेहिकल फिटनेश टेष्ट गर्ने प्राविधिक सम्बन्धी सवारीका श्रमिक सहचालक हुने गरेको छ । सहचालकबाट हुन नसकेका चालकको अनुभवका आधारमा बनेका मिस्त्रिबाट सवारी पनि मर्मत हुने गरेको छ । जिर्ण सडक, जिर्ण सवारी साधन क्षमता भन्दा बढी लोड दुर्घटनाको कारण बनेको छ । भने कतिपय अवस्थामा चालकको आराम, मानसिक प्रसन्नताको अभाव आदिबाट पनि दुर्घटना हुने गरेको छ । केहि बर्ष अघिसम्मको तथ्यांक र हालको तथ्यांकलाइ तुलनात्मक अध्यन गर्ने हो भने पनि सडक विभागले विस्तार गरेका सडक भन्दा स्थानिय निकायबाट विस्तार गरिएका सडकहरुको संरचना ५ गुणाले बढी हुन आउछ । यसरी सडक संरचनाको विकास चै हुने उचित ब्यबस्थापन नहुने हो भन्ने यसले पछिल्लो दिनमा केवल दुर्घटनाको आमन्त्रण गर्ने गर्दछ । यस तर्फ सचेत बन्ने कि न बन्ने ? स्थानीय नागरिक र सरकारको तर्फ बाट गम्भीर सोच राख्न जरुरी छ ।
    हामीले कत्तिको सोचेका छौ ? सडक अतिक्रमणको बिषय , सडकमै हाट बजार लगाउने, घर टहरा बनाउने, पसलहरु थाप्ने, सडक अवरुद्ध हुने गरी निर्माण सामग्रीहरु थुपार्ने, कर संकलनका नाममा ढाट तथा घुम्ती राख्ने, सुरक्षा चेकपोष्टका नाममा जिकज्याक (व्यारियर्स) राख्ने, पशु पंक्षी छाडा छोड्ने, सडकमै धान तथा सनपाट सुकाउने, जथाभावि सवारी पार्किङ गर्ने कार्यले दुर्घटना बढाएको छ। पराल, ट्याक्टर, निर्माणसामाग्री, तरकारी बजार लगाउने आदि कार्य व्याप्त छ । जस्ले दुर्घटनालाई खुल्ला आमन्त्रण गरिरहेको महसुस हुन्छ । अनि हाम्रा तिर सडक मर्मत कार्य सुस्त छ, भएका सडक जीर्ण छन् । यसो चाडबाड र भीआइपिको सवारी आदिको समय पारेर झारा टार्ने मर्मत हुने गरेका छन यसलाई नियमित बनाउन न सडक बिभाग गम्भीर छ , न त स्थानीय सरकार ? नागरिकहरु पहल भन्दा गुनासोमा समय विताउछन । जनप्रतिनिधिहरुले तोरीको तेल प्रयोग गरेको आभाष हुन्छ,  भने स्थानीय क्रियासिल राजनैतिक दल एक अर्कामा दोषारोपण र दन्तबजान गर्नमै व्यस्त देखिन्छन । यसरी हेर्दा अब यस बिषयमा गम्भीर बन्ने को त ? पत्तिकार एक अनुत्तरित प्रश्नको समाधान खोज्न यो लेख मार्फत उपस्थित छ । सडकहरु रेखा मात्र कोरिएका छन् । केही स्थानका बाहेक अधिकांश सडकहरु भत्किएका, खाल्डा परेका, साईड दिनै नसकिने सांघुरा छन् भने पुर्वपस्चिम लोकमार्ग सर्लाही जिल्लै भरिनेैे अस्तव्यस्त छ । खोला तथा खहरेमा बनेका पुलहरु एकतर्फि खालका, पानी जम्ने, बाढी बग्ने खालका र प्राय म्याद सकिएका प्रयोग गर्न नहुने प्रक्रितिका छन् । यसरी नेपालको पुर्वपस्चिम लोकमार्गमा मात्रै यात्रा गर्दा खोलाको यात्रा, हिलाम्मे धानखेतको यात्रा, चट्टाने गग्रेटोको यात्रा, मरुभूमि जस्तो धुलाम्मे यात्रा आदिले पनि नेपालको सडकको एकमुस्ट अनुभव संगाल्न पाईनछ । यी त भए अनुभव र अभावका कुरा तर सडक ब्यबस्थापनकै लागि उठेको राजस्व र कर समेत दुरुपयोग भैरहेको पाइन्छ । सडक बोर्डले वार्षिक ४ अर्ब बढी रकम सवारी साधनबाट सडक मर्मतका लागि उठाउने गर्छ । यातायात व्यवस्था विभाग मार्फत मातहत कार्यालयहरुबाट आर्थिक वर्ष २०६९÷०७० मा मात्र ७ अर्ब ७१ करोड ३८ लाख ५३ हजार ५ सय ६८ रुपैया राजश्व संकलन गरेको तथ्यांक अध्यन गर्दा अहिले यसको दुइगुना असुल बढेको अनुमान गर्न सकिन्छ । यसका अलावा महानगरपालीका, नगरपालीका र गाँउपालिकाले सवारी साधनहरुबाट वार्षिक कर असुल्ने गर्छ । तर संकलित रकम सदुपयोग नहुनु दुर्घटनाको कारण हो  ।
  सार्वजनिक यातायात सेवाको सञ्चालन तथा व्यवस्थापन यातायात व्यवसायी तथा यातायात श्रमिकहरुले गरिरहेका छन् । यसरी ब्यबस्थापनको क्षेत्रमा उच्च स्तरीय निकायको ध्यान कम पुगेको देखिन्छ  । सार्वजनिक यातायात सेवामा निजी लगानीका कारण सेवामुखी भन्दा नाफामुखी भएको छ । धेरै कमाउन क्षमता भन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रुपमा ठिक नभएका सवारी मर्मत नगरी कुदाउने, मिस्त्रीले सामान फेर्न सल्लाह दिएपनि जवरजस्ती त्यस्ैर अवस्थामा चलाउने, कलेक्शन (पैसा) थोरै हुंदा रिसाउने, सेवामुखि समयसारिणी बनाउनु भन्दा पैसामुखि, समाजसेवा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत हुदै कमाउ मानसिकताका कारण सडक दुर्घटना निम्तीएको छ । साथै पेशाप्रति गैर जिम्मेवार, ठेक्कामा जिम्मा लगाउने प्रवृतिले पनि दुर्घटना बढेको छ । भने सवारी संचालनका लागि संघ र संगठनहरु ठेकेदार बनिदिनु, सामान्य कारवाही नीति हुनु ,सरकारको पनि नीति फितलो हुनु पनि थुप्रै कारण हरु छन् । यसमा थपिने अर्को महत्वपूर्ण कारण हो यातायात श्रमिक (चालक)ः यिनीहरुले तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रतिष्पर्धा, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयां र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुनु दुर्घटनाका कारण हुन् । पुराना र पाका चालकहरु सुरक्षित भविश्य र राम्रो ज्यालाको खोजीमा खाडी मुलुक तर्फ लर्को लागेर जाने गरेका छन् । अहिले नयां चालकहरुको प्रवेश कार्यथलोमा बढेको छ । अहिलेका चालकहरु प्राय युवा भएकाले पनि दुर्घटना बढेको छ । यसरी हेर्दा यातायात मजदुर हरुमाथि निगरानी र नियमन गर्नु अपरिहार्य देखिन्छ । कतिपय दुर्घटना हरु चेतनाको अभावका कारणले पनि हुने गर्दछन जुन पैदल यात्री मा देखिन्छ , कसरी सडक पार गर्ने, भन्ने चेतना नहुनु, कुदिरहेको सवारीलाई रोक्न कति लामो ठाउं चाहिन्छ भन्ने नबुझी अटेर गरि सडक पार गर्न खोज्नु, यान्त्रिक गडबडी हुंदा तत्काल ब्रेक लाग्दैन भन्ने नबुझ्नु, झुण्डिएर, कोचिएर यात्रा गर्नु हुदैन भन्ने ज्ञान नहुनु, अनावश्यक रुपमा सडक वारपार गरिरहनु , सवारीको हर्न नसुनिने म्युजिक सुन्दै हिड्नु पनि अर्को दुर्घटनाको कारण हो । फुटपाथ मा हिड्नु पर्छ , सडक सवारी गुड्ने ठाउं हो भन्ने नबुझ्नु दुर्घटनाको कारण हो । तर यस भेगमा भने फुटपाथको राम्रो ब्यबस्था नहुनु सबैभन्दा गम्भीर सवाल बनेर रहेको छ । तत्कालै यस्ता समस्या समाधानका लागि नगरपालिकाले पहल कदमी गरोस र नागरिक संग साथ र सहयोग मागोस भन्ने चाहना पत्तिकर र आम पिडित नागरिकको चाहाना र माग रहेको छ  । सडकप्रयोगकर्ता चार पाङग्रे, दुई पाङग्रे भएभरका सवै सवारी साधन तथा मानिसले प्रयोग गर्ने सडक नै हो । सडक साझा सम्पति हो तर त्यसलाई प्रयोग गर्नेहरुले कहिलेकाहीं त्यो कुरा विर्सने गरेका छन्, आफुलाई सहज खोज्दै अरुको सडक प्रयोग गर्ने अधिकारलाई हनन् गर्ने गर्दछन् जसका कारण दुर्घटना हुने गरेको छ । राजनीतिक दलहरु राजनीतिक दलहरुले योजना बनाएर गाउंमा सडक विस्तार गरेका छन् । त्यसलाई विकासका हिसावले राम्रै मान्नु पर्छ तर सडकको गुणस्तर तथा त्यसको प्राविधिक परिक्षण नै नगरी तिनै दलहरुले गाउँसम्म चाडै सवारी लैजाने र राजनीतिक जस लिने होडका कारण सडक दुर्घटना हुने गरेको छ । अर्को सबैभन्दा जिम्मेवार पक्ष भनेको ट्राफिक र ट्राफिक प्रहरी ट्राफिकः भन्नाले सडकमा सवारी साधनको चाप, त्यसको चलायमानता र आवतजावतमा त्यसले उत्पन्न गराउने असहजता हो । ट्राफिक प्रहरीः सडकको असहजतालाई व्यवस्थापन तथा आवागमनलाई सहजीकरण गर्ने निकाय प्रहरी हो । जसलाई आवागमनमा प्रतिकुल असर पार्ने र अक्षम्य नियम उलंघन गर्नेलाई नियमन गर्न ऐनले विशेष अधिकार समेत दिईएको छ । यस्तो भद्रगोल अवस्थामा ट्राफिक प्रहरीलाई ऐनले दिएको जिम्मेवारी पुरा गर्नु सम्भव छैन । सडकमा उत्पन्न हुने ट्राफिक समस्याका विषयलाई भुलेर सडकमा गुड्ने सवारी साधन र चालकबाट मात्र सबै कुराको अपेक्षा गरेर कारवाही, हप्कीदप्की, गालीगलौज, जरिवानाका नाममा आर्थिक शोषण, चालकलाई बदनाम हुनेगरी सार्वजनिक अभिव्यक्ति र व्यवहारले पनि दुर्घटनालाई मलजल गरेको छ । मुस्कान सहितको सेवा भन्ने नेपाल प्रहरीको मुल स्लोगान विपरित मुद्रा केन्द्रीत रुखो व्यवहारले श्रमिकहरुमा उत्पन्न प्रतिशोधको आवेगले दुर्घटना निम्त्याएको छ । भने त्यसको प्रत्यक्ष सिकार सर्वसाधारण, बिधालय गैरहेका बालबालिका, ठुल ठुला सपना सजाय घरबाट निस्केका र घर्फर्किन नपाएका नौजवान र मानवीय जीवन बन्न पुगेकाछन त्यस तर्फ हाम्रो ध्यान जान जरुरी छैन र ? त्यसैले हामीले ट्राफिक प्रहरी संग दुर्घटनाका कारण के–के हन्, न्युनिकरणका उपायहरु के के हुन सक्छ र कसले के भुमिका निर्वाह गर्नु पर्छ ? भन्ने सुझाव ट्राफिक प्रहरीले दिनु पर्छ । यातायात व्यवस्थापन, सञ्चालन, परिचालन र सार्वजनिक यातायातलाई सहज बनाउने विषयमा राज्यलाई योजना बनाउन सुझाउनुहोस् भन्ने अपेक्षा राख्दछौ । त्यसैगरि दुर्घटनामा ८६ प्रतिशत दोषी चालक, चालकलाई दश हजार जरीवाना गरिनु पर्छ, घटनास्थलमै सवारी चालक अनुमति पत्र खारेज गर्नु पर्छ । तर ट्राफिक प्रहरीलाई अधिकार कम भयो, सडक र सवारीको अनुपातमा ट्राफिक थोरै भयो । दुर्घटनाका विषयमा यस्ता भनाईहरु ट्राफिक प्रहरीबाट आएका छन् । हाम्रो भनाई नेपाल प्रहरीले तथ्य र प्रमाणका आधारमा बोल्नु पर्छ, सुधारका लागि सुझाव दिनु पर्छ । कुनै पनि दुर्घटनाको वैज्ञानिक अनुसन्धान विना दोषको प्रतिशत खुट्याउन सकिदैन । अहिलेसम्म भएका सवारी दुर्घटनाको अनुसन्धान भएका छैना् । अध्ययन विनाको तर्क पूर्वाग्रहपूर्ण छ । पूर्वाधार, विधि र संयन्त्र नबनेसम्म चर्को जरीवानाले मात्रै दुर्घटना टर्दैन । सबै नेपालीलाई ट्राफिक प्रहरीमा भर्ती गरेपनि दुर्घटना कम हुदैन । तर बिभिन्न संघ संस्था र यातायात क्षेत्रका प्रभावशाली व्यत्तिको दवाबका कारण नियत्था नागरिक र पैदल यात्रीको ज्यानै सम्म जादापनि कहिले काही प्रशासन एकपक्षिय बन्ने गरेको पाइन्छ । यस्तो प्रवित्ति लाइ निरुत्साहीत् पार्दै अनुसन्धान र प्रमाणका आधारमा हदै सम्मको कारवाही गर्ने नीति अघि सार्नु पर्दछ ।
 राज्यको प्रशासनिक अंग, कानुनको पालक ट्राफिक प्रहरीलाई नटेर्नु, अविश्वास गर्नुमा ट्राफिक प्रहरीकै व्यवहारले हो । ट्राफिक प्रहरी अधिकार सम्पन्न हुनु पर्छ तर आर्थिक लोभ त्याग्नु पर्छ, आफुलाई सुधार्नु पर्छ । अधिकारको डण्डा निमुखा श्रमिकहरुको टाउकोमा पर्नु हुदैन । र डण्डा चलाउने हरुले श्रमिक र ब्यबसायिक संगठनको आडमा वा प्रलोभनमा पिडित माथि दमन गर्नु पनि हुदैन यो झन् जघन्य अपराध हुने छ । यसरि सवारी दुर्घटनाको सन्दर्भमा अध्यन गर्दै बिचार राख्दा पंतिकार अलिक गहिराइमा पुग्ने प्रयास गर्दै गर्दा लेख तयार गर्न सुरुगरेदेखी पछिल्लो समय सर्लाहीको लालबन्दी नगरपालिकामा एक विधार्थीलाई ट्रकले ठक्कर दिदा भएको दुखद निधनको लाइ आधार मान्दै केहि सुझावहरु संकलन गरि राख्ने प्रयासमा छ  ।
          प्राविधिक पक्ष तर्फ सवारी साधनको जांच तथा गति नाप्ने (स्पीड कन्ट्रोलर) उपकरणको व्यवस्था गर्नु पर्छ । सवारी साधनहरुमा पहेंलो उज्यालो रंगको प्रयोगलाई प्रोत्साहित गर्नु पर्छ । रातको लागि विशेष ट्राफिक संकेत बोर्डहरु राखिनु पर्छ । सवारी साधनको अवस्थाको जांच भेहिकल फिटनेस केन्द्रहरु स्थापना गरिनु पर्छ । रुट तथा सवारी क्षमता अनुसार सञ्चालन अनुमति दिईनु पर्छ । सडकको लगत राखि प्राविधिक परिक्षण गर्नु पद्र्धछ । सडकको प्राविधिक परिक्षण नगरी सवारी सञ्चालनको अनुमति दिईनु हुन्न । सवै प्रकारका सवारीको आयु निश्चित तोकिनु पर्छ र नष्ट गरिनु पर्छ । भौतिक पुर्वाधार तर्फ सडक विस्तार कार्य तीव्र बनाइनु पर्छ । सडकलाई बलियो र फराकिलो बनाउनु पर्छ । सडक मर्मत २४ सैं घण्टा, सडक विस्तार ३ सय ६५ दिन निरन्तर हुनु पर्दछ । पैदल यात्री तथा दुई पाङग्रे सवारीका लागि छुट्टै सडक लेन बनाउनु पर्छ । हाई वे भनिएका सडकलाई हाई वे को मापदण्ड अनुसार तत्काल व्यवस्थित गरिनु पर्छ । पार्किङ, यात्रु चढाउने ओराल्ने सडक आसपासका घुम्तीहरु, ढाटहरु, जिकज्याकहरु हटाईनु पर्दछ । फास्ट ट्याक रोडको निर्माण गरी सोको वरपर बस्ती बसाउन निषेध गरिनु पर्छ । सवारी संचालनलागि आवश्यक सवै पूर्वाधार भएपछि मात्र सडक खुल्ला गरिनु पर्छ । शैक्षिक सवारी चालक अनुमति पत्र लिनु अघि वा लिईसकेपछि सिटिईभिटि वा नेपाल सरकारको मान्यता प्राप्त सस्थाबाट तालिम लिनु पर्ने र त्यस्ता तालिम लिएपछि मात्र व्वसायिक रुपमा सवारी चलाउन योग्य मानिने व्यवस्था गरिनु पर्छ । चेतना विकास र अन्य क्षेत्रमा सडक सुरक्षा बारे जनचेतनामुलक सामग्रीहरु सञ्चारमाध्यमहरुबाट प्रकाशन तथा प्रशारण गरिनु पर्छ । सडक सुरक्षाका विषय, दुर्घटना न्युनिकरणको विषयमा प्रशिक्षण सामग्री बनाई यातायात मजदुरहरु, पैदल यात्री तथा अन्य सडक प्रयोगकर्ता सवैलाई सरोकारवालाहरु मार्फत शिक्षा दिनु पर्छ । ट्रेड युनियनहरुले सडक सुरक्षाको विषयलाई शैक्षिक अभियानसंगै लाने व्यवस्था ऐनमा गरिनु पर्छ । बाध्यकरण सवारी चालक अनुमति पत्र सम्बन्धमा मोटरसाईकल तथा स्कुटरका लागि १८ वर्ष, साना तथा मझौलाका लागि २१ वर्ष र ठुला सवारीका लागि २५ वर्ष उमेर अनिवार्य गरिनु पर्छ । सवारी चालक अनुमति पत्र लिदा व्यवसायिक र गैर व्यवसायीक प्रयोजन स्पष्ट खुलाउनु पर्दछ । सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परिक्षा विधिलाई कडाई गर्दै भौगौलिक बनाबटका आधारमा परिक्षा प्रणाली कायम गरिनु पर्छ । सडक आसपास लाग्ने हाट बजार सडकबाट निश्चित दुरी ऐनमै ताकिनु पर्छ । सडक आसपास मदिरा सेवन, विक्रिवितरण प्रतिवन्ध गर्नु पर्छ । सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउनु पर्छ ।     
सडक तथा सडक छेउमा निर्माण सामग्री थुपार्ने, सवारी पार्किङ गर्नेलाई कारबाही गर्नु पर्छ । सहरी तथा पहाडी रुटमा सिट क्षमता भन्दा बढी कतिसम्म यात्रु बोक्न पाईने भन्ने किटान गरिनु पर्छ । यातायात श्रमिकहरुको लगत राख्नु पर्छ । परिचालक अनुमति पत्रको अनिवार्य व्यवस्था गरि काम गराउद विवरण सहितको कागजात दुवै पक्षसंग रहनु पर्छ । घरपालुवा चौपाया, जस्तै–कुकुर, सुंगुर, गाई बाख्रा, कुखुरालगायतलाई सडकमा छाड्ने धनीलाई कारवाही गर्नु पर्छ । बालबालिकाहरुलाई साईकल चलाएर सडकमा जान निषेध गरिनु पर्छ । सडक छेउमा राखिएका विज्ञापनका होर्डिङबोर्डहरुलाई तत्काल हटाईनु पर्छ । समय समयमा सवारी चालकको निशुल्क आंखा लगायत स्वास्थ्य परिक्षणको व्यवस्था गर्नु पर्छ । स्टेयरिङमा चालकसंग वादविवाद गर्ने, चालकलाई हातपात गर्नेलाई कारवाही गरिनु पर्छ । हिंउद वर्षाका समय वातावरणीय अवस्थालाई वैज्ञानिक परिक्षणका आधारमा सवारी चल्न दिने नदिने अनुमति दिनु पर्छ । सवारी साधनहरुबाट उत्पन्न हुने अवाजलाई साउण्ड प्रुफ गर्ने व्यवस्था गरिनु पर्छ । यातायात श्रमिकहरुलाई आधारभुत पारिश्रमिक तोकिनु पर्छ र त्यस्ता पारिश्रमिक पाए नपाएको अनुगमन गरिनु पर्छ । दुर्घटनामा दोषी देखिएका चालक, गाडी धनी, पैदल यात्री, अन्य सवारी साधन, सडक प्रयोगकर्ता, सडक विभागलाई कसुरका आधारमा कारवाहीको व्यवस्था गर्नु पर्छ । दुर्घटनामा लापरवाह, हेलचेक्र्याई, सडक सुरक्षा नियम उलंघन भएको प्रमाणित भए दोषका आधारमा चालकलाई कारबाही गर्नु पर्छ । तर दुर्घटनाको बैज्ञानिक, निश्पक्ष, आग्रह र पूर्वाग्रह रहित अनुसन्धान हुनु पर्दछ । दुर्घटनाका कारण र दोषीहरुको पहिचान गर्न सरोकारवाला संलग्न रहेको न्यायीक छानबिन आयोग गठन गरिनु पर्छ । उद्धारका लागि दुर्घटना उद्धार समिति र घाईतेको तत्काल उपचारका लागि उपचार केन्द्रको व्यवस्था गरिनु पर्छ । सवारी साधन आयात तथा दर्ता गर्दा यात्रुको चाप, आवश्यक्ता, रुटको अध्ययनपछि मात्र गरिनु पर्छ । रुट ईजाजत पत्र नलिई सवारी साधनलाई चल्न दिनु हुदैन । रुट निर्धारण, समयसारिणी व्यवस्थापनमा राज्यको स्विकृति हुने नीति बनाईनु पर्छ । जुन प्रयोजनका लागि सवारी ल्याईएको हो त्यही प्रयोजनमा मात्र प्रयोग गरिनु पर्छ । सडक सुरक्षा परिषद सरोकारवाला तथा विशेषज्ञहरुको सहभागीतामा गठन गरिनु पर्दछ । सार्वजनिक यातायातका क्षेत्रमा क्रियाशिल सस्थाहरुबीच समन्वयकारी भूमिकाका लागि स्थायी प्रकृतिको निकायको व्यवस्था गरिनु पर्छ । सार्वजनिक यातायातमा राज्यको उपस्थिति हुने गरी कानूनी व्यवस्था गर्नु पर्दछ । यातायात प्राधिकरणको व्यवस्था गनु पर्दछ । सवै जिल्लामा स्थानिय यातायात व्यवस्थापन समिति गठन गरी स्थानीय सडकमा रुट निर्धारणको पूर्ण जिम्मेवारी र यातायात व्यवस्थापनको जिम्मेवारी स्थानीय यातायात व्यवस्थापन समितिलाई दिनु पर्छ । उल्लेखित कार्यकालागि जिम्मेवार पक्षहरू रुपमा निम्नानुसार निकायलाई औल्याउन सकिन्छ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका,र गाउपालिकाका हरु यातायात व्यवसायी सम्बध संघ तथा महासंघहरु, यातायात श्रमिक सम्बध संगठनहरु, यात्रु (सार्वजनिक सवारी साधन उपभोक्ताहरु), पैदल यात्री तथा सडक प्रयोगकर्ताहरु, ट्राफिक प्रहरी , र राजनीतिक दलहरु  हो ।
    यसरी हेर्दा र सरोकारवाला जिम्मेवार निकाय आदिका विषयमा समेत छलफल गर्दा निष्कर्ष भन्न सकिन्छ कि सडक दुर्घटना हुनुमा प्रतिशतको मात्रा फरक हुनसक्ला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु कि त पानीमाथीको ओभानो हुन खोज्नु हो कि त जो होचो उसैको मुखमा घोचो भन्ने उखान जस्तै मात्र हो । सार्वजनिक सवारी उपभोक्ता, पैदल यात्री तथा सर्वसाधारणले लगाउने आरोपलाई अन्यथा मान्न नसकिएला तर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउपलिका यातायात व्यवसायी संघ तथा महासंघहरु, यातायात श्रमिक सम्बध संगठनहरु तथा राजनीतिक दलहरुले गम्भीरता पुर्वक लिनु पर्दछ यति अध्यन पछि हामी भन्न सक्छौ कि पछिल्ला सवारी दुर्घटनाका प्रकृति हेर्दा सबैभन्दा दोषी को छ त ? पंतिकारको आलेख सुरुवातमै पछिल्लो समय लालबन्दीको सवारी दुर्घटनामा बिधार्थीको मृत्यु जोडिएको प्रसंग हेर्दा र एक बर्ष सम्म लालबन्दी र आसपासमा भएका दुर्घटना हेर्दा घटना समान –समान वा एकै प्रकृतिका देखिन्छन ,घटनाले सडक संरचना र आवतजावत ब्यबस्थापन र पैदल तथा साइकल यात्री ब्यबस्थापनको जरुरी र अपरिहार्यता जायर गर्दछ यस अर्थ स्थानीय सरकार, सेवादिने शैक्षिक संस्था लगायत सार्वजनिक महत्व र बढी भिड भाड हुने कार्यालयको यातायात ब्यबस्थापनका लागि एक संकल्प, बलियो इच्छा शक्ति, दिर्घकालिन सोच , आपसी समन्वय , कार्य सम्पादन प्रति दरिलो प्रतिबध्यता जरुरी छ ।  भने पंतिकार प्रसंगमा प्रमुख रहेका जनज्योति मावि लालबन्दीमा कक्षा ९ मा अध्यनरत अकालमा ज्यान गुमाउन पुगेका दिपेन्द्र राय प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछ परिवारलाई उचित क्षतिपुर्ति, बिधालयमा अक्षयकोष निर्माण गरि सडक दुर्घटनामा परेका बिधार्थी लाइ छात्रबिद्दी र स्थानीय तहबाट गर्न सकिने सामान्य देखि सामान्य कार्य तत्कालै गर्नका लागि ध्यानाकर्षण गराउदछ ।

लेखक ठाकुर प्रसाद बख्रेल(मनोज)
 

सम्बन्धित समाचार