पुर्वाधार कार्यालय सर्लाहीमा चार सय ७१ योजना,योजना नपाएको स्थानीयको गुनासो

734 Shares

भौतिक पुर्वाधार विकास कार्यालय सर्लाहीले कमिसनको आधारमा योजना बाँड्ने गरेको स्थानीयको आरोप छ।एउटै व्यक्तिलाई १५ वटा सम्म योजनाहरु पुर्वाधार विकास कार्यालय सर्लाहीले कमिसनको आधारमा दिने गरेको स्थानीयको आरोप छ।मधेश प्रदेश सरकारका मन्त्रीहरुको आदेशमा भौतिक पुर्वाधार विकास कार्यालय सर्लाहीका निमित कार्यालय प्रमुख विजय कुमार यादवले एउटै व्यक्तिलाई १५ वटा सम्म योजनाहरु दिने गरेका स्थानीयको आरोप छ ।
भौतिक पुर्वाधार विकास कार्यालय सर्लाहीका निमित कार्यालय प्रमुख यादवले कमिसनको आधारमा योजनाहरु बाँड्ने गरेका कविलासीका स्थानीय राजकुमार यादवको आरोप छ।“एउटै व्यक्तिलाई एक दर्जन भन्दा बढी योजनाहरु कुन आधारमा कार्यालयले दिएको हो ?सामान्य तरिकाबाट योजनाहरु पाउन नसक्नु तर एउटै मानिसले दर्जन बढी योजनाहरु पाउनुले भौतिक पुर्वाधार विकास कार्यालय सर्लाहीका निमित कार्यालय प्रमुख यादवले कमिसनको आधारमा योजनाहरु बाँड्ने गरेका पुष्टि हुन्छ ।”यादवले भने
पुर्वाधार विकास कार्यालय सर्लाहीमा कमिसनको ठुलो चलखेल भईरहेको कविलासी नगरपालिकाका निवर्तमान नगर प्रमुख कौशल किशोर रायको समेत आरोप छ।“मधेश प्रदेशका मन्त्रीहरुले कार्यकर्ता मार्फत योजना संचालन गरि ठुलो कमिसन लिने गरेको छन्।”कविलासी नगरपालिकाका निवर्तमान नगर प्रमुख रायले बताए ।पुर्वाधार विकास कार्यालय सर्लाही सर्व साधारण जनताका लागि नभएर सत्तामा बसेका दलका नेता,मन्त्रीहरु तथा कमिसनधारीहरु र कार्यकर्ता पाल्नका लागि खोलिएको जनमत पार्टीका जिल्ला अध्यक्ष दिगेश्वर नायकले बताए ।
“नेताका नातेदारहरुलाई कर्मचारी बनाएर अनियमितता भईरहेको छ ।सर्वंसाधारण जनताको पहुँच पुग्ने सकेको छैन् ।भौतिक पुर्वाधार विकास कार्यालयमा उपसचिव स्तरका कर्मचारीको दरबन्दी रहेपनि प्रदेश भरिकै पुर्वाधार विकास कार्यालयहरुमा निमित्त कर्माचारीहरु राखेर सञ्चालन भई रहेको छ ।यसबाट पनि कमिसनको चलखेल भएको पुष्टि हुन्छ ।”जनमत पार्टीका जिल्ला अध्यक्ष नायकले बताए ।उनले थपे योजनाहरुको बारेमा सूचना दिन पनि पुर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत कर्मचारीहरुले आनाकानी गर्ने गरेका छन् ।
“सर्लाहीको ईश्वरपुर नगरपालिकामा रु एक करोडको एउटा योजना परेको छ ।जुन योजनाको कार्यआदेश धनुषा जिल्लाबाट लिनुपर्ने बाध्यता छ ।योजना सर्लाहीमा दिएको छ,भने यसको कार्यआदेश पनि पुर्वाधार विकास कार्यालय सर्लाहीबाटै दिनुपर्नेमा धनुषाबाट लिनुपर्छ ।”सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधीसभा सदस्य प्रमोद साहले भने । “प्रदेशका अन्य जिल्लाहरुमा परेका जति पनि रु एक करोडका योजनाहरु छन,तीनकोे सम्झौता कार्यआदेश सम्बन्धित जिल्लामा नभएर मन्त्रालयमै गर्नुपर्ने धनुषाबाटै हुने भएकाले पनि समस्या बढेको छ ।”यस कार्यालयको शाखा मधेश प्रदेशका अन्य जिल्लाहरुमा विस्तार भए पनि यसको नियन्त्रण मन्त्रालयबाटै हुने गरेको उनको आरोप छ ।मधेश प्रदेशका सबै आठै जिल्लामा शाखा कार्यालयहरु रहेका भएपनि मन्त्रालयबाटै सबै काम हुन्छ भने जिल्लाहरुमा शाखा विस्तार गरेर राज्यको जनशक्ति र पैसा बर्बाद गर्ने काम मात्र भइरहेको स्थानीयको भनाई छ ।
यता,पुर्वाधार विकास कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०८०/०८१ का लागि रु एक अर्ब चार करोड ९१ लाख ३३ हजार बराबरका चार सय ७१ वटा योजनाहरु आएको पुर्वाधार विकास कार्यालय सर्लाहीका निमित कार्यालय प्रमुख यादवले बताए।“योजनाहरुको सम्झौता गर्ने कार्य पनि धमाधम भईरहेको साथै केही योजनाहरु पहिला कै रहेका र बाँकी योजनाहरु माग्न आउने मानिसहरु योजना भन्दा धेरै भएकाले सबैलाई योजनाहरु दिन सक्ने अवस्था नरहेको साथै कार्यालयबाट नभई सम्बन्धीत स्थानीय तहहरुका वडा कार्यालयहरुबाट योजनाहरु सम्झौता तथा सञ्चालन हुने गरेका छन् ।”पुर्वाधार विकास कार्यालय सर्लाहीका निमित कार्यालय प्रमुख यादवले बताए।उनले बाहिर आएका कमिसनका कुराहरुमा सत्यता नभएको समेत बताए ।

सम्बन्धित समाचार