Close This

बैंक र नगरपालिकाबीच व्याज अनुदानसम्बन्धी सम्झौता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१२ गते   २५८९ पटक हेरिएको

 सिन्धुलीको दुधौली नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
 दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठबीच एकीकृत कार्यविधि २०७५ (संशोधनसहित) कार्यान्वयनको लागि सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको दुधौली नगरपालिका २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रितेश राउतले जानकारी दिनु भयो ।
 नगरबासी नागरिकलाई उद्यमशीलताको विकासका लागि सहुलियत ऋण प्रवाह गर्न सम्झौताले ढोका खुलेको नगर प्रमुख राउतले बताउनुभयो । सहुलियत कर्जा महिला उद्यमीका लागि वार्षिक १.८ प्रतिशत र पुरूष उद्यमीलाई वार्षिक २.८ प्रतिशत ब्याजदरमा ५ लाखदेखि ५ करोडसम्म कर्जा उपलब्ध गराउन सकिने सम्झौतामा उल्लेख गरिएको  बैंकका प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठले बताउनु भयो । सोम प्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech