पर्साको विन्दाबासिनी गाउँपालिका २ बहुअर्वाका २४ जना विपन्न बालबालिकाहरुलाई कपडा वितरण गरिएको छ।अजबलाल स्मृति प्रतिष्ठानले विन्दाबासिनी गाउँपालिका २ बहुअर्वाका २४ जना विपन्न बालबालिकाहरुलाई कपडा वितरण गरिएको नेपाल कम्युनिष्ट पार्टीका पर्सा इन्चार्ज जनक राउतले जानकारी दिए ।उनका अनुसार विन्दाबासिनी गाउँपालिका २ बहुअर्वाका १२ परिवारका २४ जना विपन्न बालबालिकालाई कपडा वितरण गरिएको हो ।
कपडा वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल शर्मा(विरही),प्रतिष्ठानकी अध्यक्ष एवम नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य शिला यादव लगायत नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुका साथै प्रदेश कमिटि सदस्यहरुका एवम नेपाल कम्युनिष्ट पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको नेपाल कम्युनिस्ट पार्टीको मधेश प्रदेश कार्यालयका सचिव पवन महतोले जानकारी दिए ।