सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ स्थित नेपाल भारत सिमाना क्षेत्रबाट शसस्त्र प्रहरीले लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ । ब्रम्हपुरी गाउँपालिका ४ को नेपाल भारत सिमाना क्षेत्र स्थित त्रिभुवननगरबाट शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरको शसस्त्र प्रहरी टोलीले लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरको शसस्त्र प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा बागमति नगरपालिका २ बस्ने अन्दाजी वर्ष ३१ का रवी खड्का र काठमाडौं महानगरपालिका १४ बस्ने अन्दाजी वर्ष २९ का विकास घलेलाई डाइजीपाम आइपी ३३ एम्पुल,प्रोमेथाजिन आइपी ३५ एम्पुल र नर्फिन आइपी ३३ एम्पुल सहित नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ ।
डाइजीपाम आइपी ३३ एम्पुल,प्रोमेथाजिन आइपी ३५ एम्पुल र नर्फिन आइपी ३३ एम्पुल गरि कुल १ सय १ एम्पुल सहित नियन्त्रणमा लिईएका खड्का र घलेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कायार्यलय सर्लाही पठाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा साना हातहतियार र लागु औषधको विगविगी बढी रहेको समयमा सिमा क्षेत्रको सुरक्षामा खटिएको शसस्त्र प्रहरीले आफ्नो गस्ती तथा डिउटी कडाईका साथ गर्दा लागु औषध ओसार पसार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन भने केहीको निद हराम भएको छ ।