सर्लाहीका १८ पालिकाले वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याए,दुई पालिका अन्यौलमा

381 Shares

सर्लाहीका दुई वटा पालिका बाहेकले आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याएका छन् ।२० वटा पालिका रहेको सर्लाहीका विष्णु गाउँपालिका र बागमती नगरपालिका बाहेक अन्य १८ वटा पालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याएका हुन ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला कुमारी मोक्तान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेपछि निलम्बन हुँदा बागमतीले आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याउन नसकेको हो भने विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर लाल प्रसाद यादव उपचारमा रहेका कारण गाउँसभा सुरु हुन नसकेको हो ।
बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान निलम्बन भएपछि कार्यवाहक नतोकिँदा नगर सभा सुरु हुन सकेन् भने विष्णु गाउँपालिकाका अध्यक्ष यादव अल्पमतमा रहेका छन्।यहाँ अघिल्ला वर्षहरुमा पनि ढिलो गरी गाउँसभा भएको थियो।गत वर्ष विवाद भएको चन्द्रनगर गाउँपालिका र हरिपूर्वा नगरपालिकाले यो पटक बेलैमा आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याएका छन् ।

सम्बन्धित समाचार