इन्चार्ज वसन्त र संयोजक बम्जनलाई जोगाएर बागी उम्मेदवार महेश्वर र नेता गजुरेललाई कार्बाही

204 Shares

सिन्धुलीको क्षेत्र नम्बर २ मा पार्टीका उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता महेश्वर दाहाल र पूर्व मन्त्री हरिबोल गजुरेललाई नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्बाही सहित निष्कासन गरेपछि अहिले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)भित्र खैलाबैला मच्चीएको छ ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सर्कुलर अनुसार क्षेत्र तथा जिल्ला कमिटिमा गठन भएको कार्यदलले उम्मेदवारहरुको नामावली सिफारिस गरेको भएपनि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) र सह संयोजक माधव कुमार नेपालले कार्बाही गरि निष्कासन गरेपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)भित्र खैलाबैला मच्चीएको नेकपाका एक नेताले बताए ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सर्कुलर अनुसार क्षेत्र तथा जिल्ला कमिटिमा गठन भएको कार्यदलले उम्मेदवारहरुको नामावली सिफारिस गर्दा लेखनाथ दाहालद(राजन)को सिन्धुली क्षेत्र नम्बर १ बाट उम्मेदवारी सिफारिस गरेको भएपनि पछि नेकपा संयोजक प्रचण्डले लेखनाथलाई आफुखुसी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीको पद्धति विपरित भएको भन्दै प्रस्तावक गजुरेल र समर्थकमा नेकपा सिन्धुलीका जिल्ला संयोजक पानीराज बम्जनका साथै नेकपा सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी(वसन्त)को उपस्थितिमा महेश्वरले बागी उम्मेदवारी दर्ता गराएका थिए ।
नेकपा मुख्यालयले बागी उम्मेदवारी दिएका महेश्वर र प्रस्तावक गजुरेललाई कार्बाही सहित निष्कासन गरेको विज्ञप्ती जारी गरिएपनि समर्थकको रुपमा उपस्थित रहेका बम्जन र सहभागी वसन्तलाई कार्बाही नगरिएपछि नेकपा भित्र खैलाबैला मच्चीएको स्रोतले जनाएको छ । 
स्रोतका अनुसार उनीहरूलाई कारबाही गरे जिल्लामा पार्टीको सम्पूर्ण समीकरण बिग्रने र चुनाव जित्न मिलाउने ठाउँ समेत नरहने ठहर गर्दै कारबाही स्थगित गरिएको हो।संयोजक बम्जन र इन्चार्ज वसन्तलाई फकाएर पार्टीको मूल धारमा ल्याउने र चुनावी प्रचारमा हिडाउने बाटो खुला राखिएको नेकपाका एक नेताले बताए ।
सिन्धुलीमा बागी उम्मेदवारी दर्ता भएको जानकारी पाएपछि संयोजक प्रचण्ड रुकुमको चुनावी दौडाहाबाट फर्किएर तत्काल काठमाडौं आएका थिए।गजुरेलसहितका नेताहरूलाई तुरुन्तै प्रचण्ड निवासमा उपस्थित हुन निर्देशन दिइएको थियो।
प्रचण्ड निवासमा करिब दुई घण्टा चलेको छलफलमा गजुरेललाई उम्मेदवारी फिर्ता लिन र पछि स्थानीय तह निर्वाचनमा मिलाउने आश्वासन दिइएको स्रोतको दाबी छ ।तर“पछाडि पहिरो र अगाडि चट्टान रहेको भन्दै पहिरोबाट लड्न भन्दा चट्टान नै फोडेर अगाडि बढ्नुपर्ने”तर्क गर्दै गजुरेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका थिए।
गजुरेलले पार्टीको आधिकारिक उम्मेदवारी फिर्ता गरी स्वतन्त्र उम्मेदवारलाई नै पार्टीको उम्मेदवार बनाउने प्रस्ताव समेत प्रचण्डसमक्ष राखेका र त्यसमा सह संयोजक नेपाल सकारात्मक देखिएका थिए।गजुरेलको टोली बाहिरिने क्रममा लेखनाथ सहितका नेताहरू प्रचण्डसँग भेट्न पुगेका थिए।
अन्ततः उम्मेदवारी फिर्ता नलिए गजुरेललाई निष्कासन गर्ने,तर जिल्ला इन्चार्ज वसन्त र जिल्ला संयोजक बम्जनलाई कारबाही नगर्ने सहमति प्रचण्ड निवासमा भएको स्रोतको दाबी छ ।सिन्धुली क्षेत्र नम्बर २ मा तामाङ समुदाय तथा माझी समुदायको मत विग्रने डरले उनीहरुलाई कार्बाही नगरिएको नेकपा स्रोतको दाबी छ ।

सम्बन्धित समाचार