सर्लाहीका सबै चिनी उद्योगको क्रसिङ बन्द,इन्दु शंकर ९१ दिन सञ्चालन

392 Shares

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको इन्दुशंकर चिनी उद्योगले चालु सिजनमा ३० लाख क्विन्टल भन्दा बढी उखु क्रसिङ गरेको छ।मंसिरको अन्तीम साताबाट चालु सिजनको क्रसिङ सुरु गरेको उद्योगले ९१ दिनमा ३० लाख ५२ हजार सात सय ९२ क्विन्टल उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय  प्रवन्धक ठाकुर प्रसाद नेपालले जानकारी दिए।उनका अनुसार उखु उत्पादक किसानहरुले ल्याएको सम्पूर्ण उखु सकिएपछि चालु सिजनका लागि उद्योगले क्रसिङ बन्द गरेको हो ।
उखु उत्पादक किसानहरुलाई फागुन १४ गतेसम्मको भुक्तानी गरिसकेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए । उनका अनुसार उखु क्रसिङ गरेको एकसातामा भुत्तानी गर्ने गरेको उद्योगले होली सम्पन्न भएको एक सातादेखि १० दिनभित्रमा बाँकी भुक्तानी भइ सक्ने छ । 
तीन वडा चिनी उद्योग रहेको सर्लाहीको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल यसअघि नै बन्द भइसकेका छन्।एक साताअघि बन्द भएका महालक्ष्मी चिनी उद्योगले १३ लाख ८० हजार एक सय चार क्विन्टल र अन्नपूर्ण चिनी उद्योग धनकौलले नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेका छन् ।महालक्ष्मी र अन्नपूर्णले पनि उखु उत्पादक किसानहरुको बाँकी भुक्तानी होली सकिएलगत्तै गर्ने जनाएका छन् ।
सरकारले गत मङ्सिरमा यो वर्षको क्रसिङ सिजनका लागि उखुको मुल्य प्रतिक्विन्टल रु छ सय ५५ निर्धारण गरेको थियो।त्यसमध्ये उद्योगीले प्रतिक्विन्टल रु पाँच सय ८५ र सरकारले अनुदान बापत रु ७० उपलब्ध गराउने उल्लेख छ ।
यो वर्ष चिनी उद्योगले उखु उत्पादक किसानहरुबाट खरिद गरेको उखुको समय मै भुक्तानी दिइरहेका छन्।सरकारबाट प्राप्त हुने अनुदान वापतको रु ७० को भने टुुङ्गोे नरहेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिल मुनी मैनालीले बताए ।उनका अनुसार नगदे वाली उखु उधारो हुन थालेपछि किसानहरुले उखुु खेती घटाउँदै लगेपछि चिनी मिललाई उखुको अभाव हुने गरेको छ ।

सम्बन्धित समाचार