सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा फेरि दवाडी निर्वाचित

888 Shares

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा पुनः रामबहादुर दवाडी निर्वाचित भएका छन् ।  संघकाे सातौं वार्षिक साधारण सभा एवम चौँथो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उमेदवार कुमार प्रधानलाई १२ मतले पराजित गर्दै दवाडी अर्को कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । दवाडीले ४८ मत प्राप्त गर्दा प्रधानले ३६ मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा रामकुमार खड्का विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी दामोदर वस्नेतलाई पराजित गर्दै खड्का वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । खड्काले ४५ मत पाए भने बस्नेतले ३७ मत प्राप्त गरे ।
त्यसैगरी पहिलो उपाध्यक्षमा ४७ मत ल्याएर अनिल कुमार अमात्य,दोश्रो उपाध्यक्षमा ४८ मतका साथ काली प्रसाद सापकोटा र सचिवमा ४२ मत ल्याएर हरिचन्द्र दास विजयी भएका छन् ।
त्यस्तै सहसचिवमा रोशन भट्टराई ४८ मतसहित विजयी हुँदा कोषाध्यक्षमा बालकुमार पोते निर्विरोध निर्वाचित भएका छन् । संघका सदस्यहरुमा दहाल प्रसाद मैनाली,सुर्य प्रसाद दाहाल,लालदेव दास,नारायण प्रसाद सापकोटा,जयमान पाख्रिन,नवराज भट्टराई र विष्णु बहादुर दर्लामी विजयी भएका छन् ।
विजयी मध्ये १२ जना दवाडी प्यानलबाट रहेका छन् भने प्रधान प्यानलबाट एक जना मात्रै सदस्य छन् ।

 

सम्बन्धित समाचार