नापी र मालपोत सेवा स्थानीय तहबाटै दिन पहिलो चरणमा लालबन्दी छनोट

408 Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन इच्छुक देखिएको छ।नेपाल सरकार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले बैशाख १० गते नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आव्हान गरेकोमा लालबन्दी नगरपालिका सहित ३५ वटा पालिका पहिलो चरणमा उक्त सेवा दिन इच्छुक देखिएका हुन ।
मन्त्रालयले चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोत सम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत सुरु गरेको र सोका लागि लालबन्दी नगरपालिकाले पनि इच्छा जाहेर गरेको नगर प्रमुख बासुदेव अधिकारीले बताए ।उनका अनुसार देशभरका सात सय ५३ वटा पालिकाहरु मध्य दुई सय ९४ वटा पालिकाहरुको सहभागीता भएको भर्चुअल बैठकमा लालबन्दी नगरपालिका सहित ३५ वटा पालिकाले नापी तथा मालपोत सेवा दिन इच्छा देखिएका हुन ।
मन्त्रालयले पालिका छनोट गर्दा सेवाग्राहीहरुको चापको अवस्था,पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानी कम भिडभाड भएका साथै अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकता दिने गरेको र सोही अनुसार लालबन्दी नगरपालिकापनि इच्छुक देखिएको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।मन्त्रालयले चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोत सम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत सुरु गरेको जनाएको छ ।
इच्छुक पालिका रहेका जिल्ला स्थित नापी तथा मालपोतका अधिकारीहरूलाई तत्कालै स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति जानकारी गराउन मन्त्रालयले पत्राचार समेत गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।त्यस लगत्तै नापी तथा मालपोत सेवा प्रवाहका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक तथा जनशक्ति व्यवस्थापन गर्ने,पालिकाहरूलाई आवश्यक सामाग्री सहित कर्मचारीहरूलाई समेत तालिम र प्रशिक्षण दिने र एक साता भित्रै सबै तयारी पुरा गरेर केही पालिकामा नापी र मालपोत सेवा हस्तान्तरण गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
सोही अनुसार बिहीबारसम्म धरान उपमहानगरपालिका सहित दुई सय ९४ वटा पालिकाहरुले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारी सहित मन्त्रालयमा निवेदन पठाएकामा लालबन्दी नगरपालिका सहित ३५ वटा पालिकाहरु पहिलो चरणमा छनोट भएका हुन ।मन्त्रालयमा प्राप्त भएका निवेदन उपर अध्ययन गरेर पालिकाहरुको छनोट चरणवद्ध रुपमा अगाडि बढाएको छ। 

सम्बन्धित समाचार