मंगलबार विद्यालय बन्द गरेर आन्दोलनलाई समर्थन गर्न बागमतीका “जेन जी”पुस्ताको आग्रह

417 Shares

सर्लाहीको बागमतीका सार्वजनिक,सामुदायिक तथा निजी विद्यालयहरू मंगलबार बन्द हुने भएका छन्।“जेन जी”पुस्ताको नेतृत्वमा आयोजना गरिएको आन्दोलनलाई सर्मथन गर्दै बागमती नगरपालिका त्रि सञ्चालित सार्वजनिक,सामुदायिक तथा निजी विद्यालयहरू मंगलबार एक दिन बन्द गर्न आव्हान गरिएको बागमतीका “जेन जी”पुस्ताले आफने सामाजिक सञ्जालमा सूचना प्रकाशन गर्दै जनाएका छन् ।
“यो संघर्ष केवल आजको लागि मात्र होइन,भविष्यको खाका कोर्ने निर्णायक लडाइ हो।यसमा तपाईंहरूको एक्यवद्धता अपेक्षित छ।अन्यथा भोलि हुन सक्ने जोखिम वा अप्रिय परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय स्वयं रहनेछ।” बागमतीका “जेन जी”पुस्ताले आफने सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सूचनामा उल्लखे गरिएको छ ।
“देश बचाउने यो लडाइमा तपाईंहरूको भूमिका ऐतिहासिक बन्नेछ।भोलि(मंगलबार) एक दिन विद्यालय बन्द राख्दै हाम्रो संघर्षमा ऐक्यवद्धता जनाइदिनुहोस्।यो केवल विद्यालय बन्द गर्ने कुरा मात्र होइन,यो तपाईंको सन्तानको भविष्य जोगाउने आन्दोलन हो।निर्दोष युवाको रगतले बाटो कोर्दै गरेको यो संघर्षलाई बेवास्ता गर्नु भनेको आफ्नो भविष्यलाई आफैं मेट्नु सरह हुनेछ।” बागमतीका “जेन जी”पुस्ताले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।सामाजिक सञ्जाल मार्फत सार्वजनिकम गरिएको सूचनामा“अब मौन बस्ने समय छैन। विद्यार्थीको कलम र आवाज,अभिभावकको समर्थन र आँसु तथा यिनैले व्यवस्था परिवर्तनको बाटो खोल्नेछन्।भनिएको छ ।”

सम्बन्धित समाचार