आन्दोलनका नाममा हुने लुटपाट अस्वीकार्य छैन हामी वार्तामा बस्छौँ : जेन जी आन्दोलनका संयोजक यादव

234 Shares

भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध उर्लिएको जेन जी आन्दोलनका कार्यक्रम संयोजकले नेपाल निर्माणको उद्देश्य नजिक पुगेको दाबी गर्दै आफ्नो आन्दोलनका क्रममा केही तत्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले बुधबार(आज)सम्बन्धित पक्षहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने एक विज्ञप्ति मार्फत जानकारी दिएका छन्।विज्ञप्तीमा जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारिएको छ ।
“हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ।तर,प्राप्त सूचनाअनुसार अझै पनि केही तत्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने,सार्वजनिक सम्पत्ति नष्ट गर्ने र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ।”जेन जी आन्दोलनका  संयोजक पुरुषोत्तम यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
आफ्नो स्पष्ट नीति रहेको र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु र लुटपाट गर्नु आफ्नो आन्दोलनको हिस्सा कहिल्यै नहुने जेन जीले जनाएको छ।“आम राष्ट्रवादी साथीहरूलाई यस्ता कार्यहरू आफ्नो आन्दोलनसँग सम्बन्धित नभएको भन्दै सचेत रहन अनुरोध छ ।विज्ञप्तीमा भनिएको छ ।
उनले आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्न आग्रह गरेका छन्।विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण,अनुशासित र सकारात्मक बाटोबाटै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।जेनजीका अनुसार आन्दोलनमा सहभागी धेरै साथीहरू अहिले घर फर्किसकेका छन्।

सम्बन्धित समाचार