Close This

४ वर्षदेखि फरार तीन अभियुक्तद्वारा आत्मसमर्पण,२ महिनामा ३४९ फरार अभियुक्त पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-९ गते   २०८ पटक हेरिएको

गणेश खड्का


सर्लाहीमा कर्तव्य ज्यान तथा हातहतियार मुद्दाका फरार तीन जना अभियुक्तले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आत्मा समर्पण गरेका छन् । चार वर्षदेखि फरार रहेका तीनजना अभियुक्तले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आएर आत्मासमर्पण गरेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार जिल्लाको रामनगर गाउँपालिका ४, का अन्दाजी ४४ वर्षीय धर्मेन्द साह, अन्दाजी ३७ वर्षीय राजिव कुमार यादव रअन्दाजी ५० वर्षीय देवेन्द्र रायले कार्यालयमा आइ आत्मासमर्पण गरेका हुन ।
२०७५ साल कात्तिक १२ गते रामनगर गाउँपालिका ४,बहुअर्वामा दुई पक्षबीच झडप हुँदा अन्दाजी ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो भने उनका भतिज तत्कालिन वडाध्यक्ष रामनरेश महतोको खुट्टा भाँचिएको थियो । पछिल्ला दिनमा प्रहरीले फरार अभियुक्तमाथि निगरानी बढाइ धमाधम पक्राउ गर्न थालेपछि बहुअर्वामा चार वर्षअघि भएको सो घटनामा संलग्न अभियुक्त आफै प्रहरीको सम्पर्कमा आएका हुन् । 
घटनापछि सदरमुकाम मलङ्गवामा आन्दोलन नै चर्किएको थियो । जिल्ला प्रहरी कार्यालयमा आएर आत्मा समर्पण गरेका तीनै जनालाई पूर्पक्षका लागि कारगार चलानको तयारी भइरहेको प्रहरी उपरिक्षक सुवेदीले बताए ।
 यसैबीच,सर्लाही प्रहरीले विगत दुई महिनामा तीन सय ४९ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरु कर्तव्य ज्यान,कुटपीट,हातहतियार,लागूऔषधलगायत मुद्दाका अभियुक्त रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech