सर्लाही क्षेत्र नमब्र ३ का संविधान सभा सदस्य नरेन्द्र साह(नेकपा माओवादी केन्द्र) प्रवेश गरेका छन् । सर्लाही ३ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवार भई चर्चा कमाएका संविधान सभा सदस्य साह माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सांसद साहलाई माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचन्ड)ले पार्टी प्रवेश गराएका बागमती नगरपालिकाका नगर प्रमुख त कुमार थापाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल निवासमा आयोजित एक कार्यक्रमका बिच साह माओवादी केन्द्र प्रवेश गरेका हुन ।
२०७० सालको संविधान सभा चुनावबाट समानुपातिक सांसद बनेका साह २०७४ को चुनावमा सर्लाही ३ नम्बर क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । यस क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादव निर्वाचित भएका थिए । साहकाे माओवादी केन्द्र प्रवेशले सर्लाही क्षेत्र नम्बर ३ मा तरंग पैदा गरेको छ ।
होटल तथा पर्यटन व्यवसायमा आवद्ध साह जिल्लामा बालक देखी वृद्द सम्मले रुचाईएका पात्र हुन् । यस क्षेत्रमा हुने हरेक खालका आपत विपद्मा साह सकेको सहयोग लिएर तत्काल उपस्थित हुने गरेका छन् ।
उक्त कार्यक्रम मार्फत साहसगैँ सयौँ नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका नेकपा(माओवाद केन्द्र) सर्लाही संयाेजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । साहलाई लिएर माओवादी केन्द्रका केन्द्रिय नेता मात्रिका यादव, राधेश्याम कुशवाह, केन्द्रिय सदस्य माया बल, रामचन्द्र सिङ कुशवाह, जिल्ला संयाेजक बुडाथोकी, माओवादी केन्द्रका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, माओवादी केन्द्रका नेता जवाहरलाल कुशवाह लगायत काठमाण्डौ पुगेका थिए ।
माओवादी केन्द्रका नेता तथा बागमती नगरपालिकाका नगर प्रमुख थापाको बिषेश पहलमा साह माओवादी केन्द्र प्रवेश गरेका हुन । यसले पार्टीमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने माओवादी केन्द्र सर्लाहीले जनाएको हो ।
यसै विच सांसद साहले पार्टी माध्यम भएको र आफ्नो उदे्श्य समाजको विकास भएको प्रतिकृया दिएका छन् । जसरी पनि नागरिकको जीवन स्तर उकास्नु पर्छ भनेर विगत देखिने आफु दिनरात लागिपरेको उनले बताए । साहकाे माओवादी केन्द्र प्रवेशले सर्लाही क्षेत्र नम्बर ३ मा उनकै उम्मेदवारी हुन सक्ने आंकलन गरिएको छ ।