सर्लाहीको बागमती नगरपालिकामा सम्पन्न सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नवजन जागरण मा.विले हात पारेको छ ।माघ २४ गतेबाट सुरु भएको प्रतियोगितामा १३ स्वर्ण पदक सहित नवजन जागरणले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पारेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिका ५ सोल्टी स्थित रहेको जनता मा.वि.ले प्रतियोगिताको ११ स्वर्ण पदक सहित उपविजेता र बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनवाल कल्याण मा.वि.ले तीन स्वर्ण पदक हात पार्दै तेस्रो भएको छ ।

प्रतियोगितामा एथलेटिक्स विधाको १५ वटा खेलमा छात्र र छात्रा बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता अन्तरगत सय,दुई सय,चार सय,आठ सय,एक हजार पाँच सय र तीन हजार मिटर दौड, चार सय र एक हजार छ सय मिटर रिले दौड,हाइजम्प, लङजम्प,त्रिपल जम्प,सटपुट,ज्याभलिङ थ्रो, कबड्डी र भलिबलमा छात्र र छात्राले प्रतिस्पर्धा गरेका बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरूलाई बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले पुरस्कार वितरण गरेको थिए ।बागमती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर भित्रका २५ वटै सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक, शिक्षिका,कर्मचारी एवम जनप्रतिनिधिहरुकोे आतिथ्यता रहेको आयोजकले जनाएको छ ।

यस्तै बागमती नगरपालिकाले देशकै नयाँ अभ्यासको रुपमा प्राथमिक तह तर्फ पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरेको छ । प्राथमिक तह तर्फ जनकल्याण आधारभुत विद्यालय धरहरा तीन स्वर्ण र दुई रजत पदक सहित प्रथम,जनजागृति प्राथमिक विद्यालय रक्षापुर तीन स्वर्ण र एक काश्य पदक सहित द्वितीय र तीन स्वर्ण पदक सहित गौरी शङ्कर प्राथमिक विद्यालय पुष्करगञ्ज तृतीय भएको बागमती नगरपालिकाको खेलकुद शाखाले जनाएको छ ।