Close This

हरिवनको मानव सेवाआश्रममा २ वर्ष राखिएका बालकको पारिवारिक पुनर्मिलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२८ गते   १८७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १ मा रहेको मानव सेवाआश्रममा २ वर्षसम्म पालनपोषण गरेर राखिएको एक युवकलाई पारिवारिक पुनर्मिलन गराइएको छ । हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा रहेको मानव सेवा आश्रममा आकाश मानव नाम दिएर पालनपोषण गरी राखिएका बालकको २ वर्षपछि परिवार सम्पर्कमा आएर आफ्नो छोरालाई बुझेर लगेका आश्रमकी व्यावस्थापक सम्झना अधिकारीले जानकारी दिनईन् । उनका अनुसार ती बालक सिरहा गोलबजारका रितु साह रहेको परिवार आएर पुष्टी गरेका छन् ।
बालकलाई २ वर्षअघि रौतहटबाट उद्धार गरेर आश्रममा ल्याई राखिएको आश्रमले जनाएको छ ।बोल्न नसक्ने बालकको अभिभावक सम्पर्कमा नआएपछि यत्तिको समयसम्म आश्रमले नै पालनपोषण गरेर राखेको थियो ।
अहिले आश्रमको फेसबुकबाट थाहा पाएर बालककी आमालगायत आएर बालकलाई बुझेर लगेक आश्रमकी व्यवास्थापक अधिकारीले जानकारी दिईन् । रितुका परिवारले आश नै मारिसकेको छोरा जिवितै फेला पार्दा असाध्य खुसी व्यक्त गरेको र यत्तिको समयसम्म आश्रमले पालनपोषण गरेर राखिदिएकोमा खुसी व्यक्त गरेको अधिकारीले बताईन ।
हरिवन नगरपालिका १ स्थित कैलाशीपुरमा संचालित मानव सेवाआश्रममा सडकबाट उद्धार गरेर ल्याइएका र आफ्ना कोही नभएकाहरुलाई पालनपोषण र औषधि उपचार गरी राखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech