नेकपा(माओवादी केन्द्र)ले “जनतासंग माओवादी केन्द्र विशेष रुपान्तरण अभियान”सुरु गरेको छ । सर्लाहीको लालबन्दीमा एक औपचारीक कार्यक्रमको आयोजना गरि कार्यक्रमको सुरुवात गरिएको माओवादी केन्द्र सर्लाहीका सह इन्चार्ज एवम केन्द्रीय सदस्य लुमणी धिताल(लोचन)ले जानकारी दिए ।
माओवादी केन्द्रका केन्द्रिय उप सचिव तथा मधेस प्रदेशका इन्चार्ज लीलामणि पोख्रेलले “जनतासंग माओवादी केन्द्र विशेष रुपान्तरण अभियान”को उद्धघाटन गरेका हुन ।अभियानको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्रका केन्द्रिय उप सचिव पोख्रेलले पार्टी स्थापित गर्न एक पटक सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताए । माओवादी केन्द्रका केन्द्रिय उप सचिव पोख्रेलले विभिन्न समयमा भएका परिवर्तनका आन्दोलनहरुमा मधेसले ठूलो त्याग र समर्पण गरेको समेत बताए ।
माओवादी केन्द्र जिल्ला सन्वय समिती सर्लाहीको आयोजनामा भएको “जनतासंग माओवादी केन्द्र विशेष रुपान्तरण अभियान”मा जिल्लामा रहेका केन्द्रीय सदस्यहरु,प्रदेश कमिटी सदस्यहरु,जिल्ला समन्वय समिती सदस्यहरु,विभिन्न जनवर्गिय मोर्चाका केन्द्रदेखि जिल्ला तह सम्मका नेता कार्यकर्ताहरुका साथै माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरु र पार्टीका नेता एवम कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उद्धघाटन कार्यक्रममा “जनतासंग माओवादी केन्द्र विशेष रुपान्तरण अभियान”कसरी लैजाने भन्ने बिषयमा वृहतर छलफल भएको माओवादी केन्द्रका नेता रामपृत यादवले बताए ।
उनका अनुसार भदौ १६ गते शनिबारवाट प्रारम्भ हुने तीन महिने अभियानमा वडा कमिटीहरुको वैठक सदस्यता नविकरण हरेक वडा र टोलहरुमा जनसंघर्षका कार्यहरू लगायतका कार्यक्रमहरु हुने छन् ।
वडा र नगर कमिटीको गठन,पुर्न गठन गर्दै विधान सम्मेलन र विषेश महाधिवेशन गर्ने पार्टीको योजना रहेको माओवादी केन्द्रकी केन्द्रीय सदस्य सावित्रा बुढाथोकीले बताईन् ।