सर्लाहीको इश्वरपुर नगरपालिका ४ का एक जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । इश्वरपुर नगरपालिका ४ का २६ वर्षिय हिमाल माझीलाई ठूलो मात्रामा लागु औषधसहित पक्राउल गरिएको प्रहरीले जनाएको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ६५९९ नम्बरको यात्री बसलाई चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बसको डिक्कीबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
ना.५ ख ६५९९ नम्बरको यात्री बसलाई नागढुङ्गा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बसको डिक्कीबाट लागूऔषध बरामद भएको र सो अनुसन्धान गर्ने क्रममा बसका सहचालक हिमालले नै उक्त लागूऔषध डिक्कीमा लुकाएर ल्याएको काठमाडौंतर्फ ल्याएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
बसबाट डाईजेपाम,फेनारगन र नुर्फिन एक÷एक हजार थान गरिकुल तीन हजार थान बरामद् भएको प्रहरीले जनाएको छ । सर्लाहीदेखि चन्द्रागिरी नगरपालिका–२ स्थित रहेको नागढुङ्गा चेकप्वाइन्टसम्म सो लागुऔषध कसरी पुग्यो भन्ने विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।