देश नयाँ युगमा प्रवेश : चौलागाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-२८ गते   ३०१ पटक हेरिएको

सिन्धुली । नेकपा (माओवादी केन्द्र) का केन्दिय सदस्य एब सिन्धुली सुनकोशी गाउँपालिका संयोजक युवराज चौलागाईले १० बर्षे जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा सामान्तवादी युगको अत्य भई नेपाल पुँजिवादी युगमा प्रवेश गरेको बताएका छन् । उनले सुनकोशी गाउँपालिका बडा नम्बर १ दुम्जा वि.पि. पार्कको बैठकलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

सिन्धुली जिल्लाको मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनमा दुम्जाको योगदान उच्च रहेको उनले चर्चा गरे । २० बर्ष अगाडि जनयुध्दको सयममा आफू दुम्जामा आएको स्मरण गर्दै उनले भने, ‘दुम्जामा राष्ट्रिय गौरबका दुई आयोजना सम्पन्न भएपछि विकासको नया चरणमा प्रबेश गर्नेछ ।’ दुम्जा लालबन्दी सडक र बि. पि. सङ्ग्रालय निर्माणपछि दुम्जा बिकासको नयाँ ठाउँमा पुग्ने बिश्वास पनि व्यक्त गरे । उनले भने, ‘यदि माओबादी नेतृत्वमा सरकार निर्माण भएको थिएन भने यो असम्भब थियो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला यी आयोजना अगाडि बढेको हो ।’ उक्त कार्यक्रममा माओवादीको रुपान्तरण अभियानले जनतासँग टुटेको सम्बन्धलाई स्थापित गर्दै नयाँ चरणको क्रान्तिमा प्रवेश गर्ने र यो समाजबादि क्रान्तिको तयारिको चरणसमेत भएको बताए ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य घनश्याम बस्नेत, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, पार्टी नेता दुतराज पुलामे, महेश कोईराला, शक्तिमान घिसिङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रमोद दाहालसमेतले मन्तब्य राखेका थिए ।

३ महिने अभियान अन्तरगत सुनकोशी गाउपालिकाका सबै बडा र टोलमा माओवादी पुग्ने बडा नम्बर १ का अध्यक्ष सन्जय लामाले बताए। बैठक सुनकोशी–१ का पार्टी अध्यक्ष संजय लामाको अध्यक्षता तथा सहइन्चार्ज कमल दाहालको संचालन गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech