सर्लाही क्षेत्र नम्बर १ प्रदेशसभा(क) मा लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा)का उपेन्द्र महताेले प्रदेश सभा सदस्यमा विजयी प्राप्त गर्नु भएको छ । उहाँले नेकपा(माओवादी केन्द्र)का रामचन्द्र सिह कुशवाहलाई करिब २ हजार मतान्तरले पराजित गर्दै दाेस्राे पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हाे ।
बुधबार राति करिब ८:१० बजे सार्वजनिक गरिएको मतपरिणाअनुसार महताेले १२ हजार २ सय ६५ मत ल्याँउदा निकट्तम प्रतिस्पर्धी कुशवाहले १० हजार १ सय ३७ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीका उम्मेद्वार अहमद मिया मुकेरीले ४ हजार ३१ मत ल्याउनु भएको छ ।
जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट लाेसपाबाट महताेले २०७४ सालकाे निर्वाचनमा पनि जित निकाल्नु भएको थियाे । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ मा महताे बाम लाेकतान्त्रीक पार्टीको गठबन्धनतर्फबाट साझा उम्मेदवारि दिनुभएको थियाे ।