सर्लाहीको काैडेना गाउपालिकामा अख्तियारकाे छापामारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१६ गते   २३८ पटक हेरिएको

सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको छ । कोरोना संक्रमितलाई राहत बाँडनका लागि आएको रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो। 
गाउँपालिकाका ७ सय ४२ कोरोना संक्रमित विपन्न परिवारलाई राहत बाँड्नका संघीय सरकारबाट रु ७४ लाख २० हजार रकम आएको थियो । त्यसबाट रु १२ लाख गाउँपालिकाले अन्य शीर्षकमा खर्च गरेको उजुरी अख्तियारमा परेपछि गाउपालिकाकाे कार्यालयमा छापा मरिएकाे अख्तियारले जनाएको छ । कोरोना संक्रमित परिवारलाई बाँड्नका लागि आएको राहतको रकम गाउपालिकाले अन्यत्र खर्च गरेको उजुरी परेपछि छानबिन गर्न गाउँपालिकामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी विजय कुमार शर्माले बताउनु भयाे । उहाँका अनुसार के कति रकम अन्यत्र खर्च भएको साे विषयमा छानबिन गर्न कार्यालयमा छापा मरेकाे उहाँले बताउनु भयाे । अख्तियारले छापामारेर कार्यालयबाट आवश्यक  कागजातहरु नियन्त्रणमा लिएकाे सुचना अधिकारी शर्माले बताउनु भयाे । 
त्यसबाट रु १२ लाख स्वास्थ्यकर्मीको तलब अपुग भएको कारणले उक्त शीर्षकबाट तलबस्वरुप पालिकाले साे रकम खर्च गरेकाे गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवले बताउनु भयाे।उहाँका अनुसार पछि सोध भर्ना हुने गरी पालिकाले साे रकम अन्य शिर्षकमा खर्च गरेकाे  हो । 
खर्च भएको पैसा आउना साथ काेराेना संक्रमितलाई वितरण गर्ने गाउपालिकाका अध्यक्ष यादवले बताउनु भयाे । उहाका अनुसार बाँकी पैसा अहिले गाउपालिकाकाे खातामा सुरक्षित रहेकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech