सर्लाहीको लालबन्दी नगरपालिका १ मा निर्माण सुरु भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको बारेमा बजारमा गलत हल्ला चलेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो।
विश्वको ३३ औँ एन्टी स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापना हुदैँ गरेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा अर्नगल प्रचार बाजी भएको भन्दै उहाँले आपती जनाउनु भयो। लालबन्दी नगरपालिका ६ मा कार्यालय राखेर वडा नं. १ मा सर्प फार्मिङका लागि जग्गा खरिद समेत गरि सकेको भन्दै राष्ट्रिय गौरबको आयोजनालाई गलत तरिकाबाट प्रचार बाजी नगर्न पनि उहाँले आग्रह गर्नु भयो ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण सुरु भएकोे प्रतिष्ठानले निर्माण सम्पन्न गर्न विभिन्न ४ चरणमा काम गरि रहेको छ । संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारको संयूक्त लगानीमा निर्माण सुरु भएको प्रतिष्ठानलाई नगरले विशेष महत्वका साथ हेरेको नगर प्रमुख खड्काको भनाई छ ।
कमलामाई मिडिया प्रालीसंग कुरा गर्दै उहाँले शसर्त अनुदानमा आउने बजेट सर्पले खायो,अध्यक्षले गाडी चढ्यो भन्ने गलत हल्ला कोही कसैले गर्न नहुँने उहाँको भनाई छ । आफ्नो नगरमा राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण सुरु भएकोे प्रतिष्ठानले निर्माण सम्पन्न भएपछि नगरका धेरै बेरोजगार युवाशक्तिले रोजगारी पाउने साथै आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन सफल हुने भएका कारण आन्तरीक आयस्रोत पनि बढ्ने हुँदा सबै तह र तप्का मिलेर सहयोग गर्नु पर्ने नगरप्रमुख खड्काले बताउनु भयो ।
७२ करोड एकै पटक आएको वा आउने नभई चरणबद्ध कामका लागि आउने र स्विकृत कार्याक्रममा मात्र रकम आउने पनि उहाँले बताउनु भयो । उहाँले अहिले सम्म प्रतिष्ठानको रकममा कहि कतै अनियमितता नभएको दाबी गर्नु भएको छ ।
प्रतिष्ठानले अहिले सम्म सर्प फार्मिङका लागि करिब ८ विघा जग्गा खरिद गरि सकेको छ भने पहिलो चरणको काम करिब सकिएको प्रतिष्ठानले बताएको छ । ४ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रतिष्ठानले आफ्नो काम निरन्तर गरी रहेको छ ।